
रामपुर, २४ बैशाख २०७८, पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरि २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ । रामपुर नगरपालिकाले कोभिड–१९ संक्रमण भएका नागरिकलाई अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिएको परिवेशलाई मध्यनगर गर्दै नगरपालिकाको आर्थिक सहयोग र रामपुर अस्पतालको समन्वयमा अक्सिजन सहितको १० शैंयाको आइसोलेसन कक्ष निर्माण गर्ने ,नगर स्तरिय क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा संचालनका निम्ति वडानम्बर ५ का वडाअध्यक्ष हिमाल मल्ल संयोजक रहेको सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा हुमनाथ न्यौपाने, एकबहादुर नेपाली, दिनेशकुमार खनाल, कमलराज भट्टराई, कपिलबहादुर खाँड र अमृत राना रहेका छन् ।कोभिडको संक्रमणबाट जोगिन आवस्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वाश्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरप्रमुख रमणबहादुर थापाको सवैमा अनुरोध छ । उनले विपतको समयमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गरेर स्वाश्थ्य सामाग्री, औषधी, खाद्यसामाग्री तथा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने बताए । जोखिमको समयमा सवै संघसंस्थाका समन्वयमा काम गरिने नगरप्रमुख थापाको भनाइ छ ।