निस्दीमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन कक्ष

धनबहादुर ठाडा   २५ बैशाख २०७८, शनिबार ११:५५

निस्दी,  २५ वैशाख २०७८, पाल्पा – निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर -५ , गल्धाको  ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वस्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्चन ट्रेचर सहितको आइसोलेसन रहेको संयोजक दिशाले बताउनुभयो। आइसोलेसनमा निस्दी गाउँपालिका भित्रका कोरोना संक्रमित व्यक्तिलाई राखिने दिशाले बताउनुभयो ।