बेलायतबाट आएको सहयोगबाट कोभिड राहत बितरण

बन्दना पाेखरेल   ३० आश्विन २०७७, शुक्रबार १०:१९

बौदीकाली नवलपुर, असोज २९ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । विभिन्न पेशा ब्यबसाय गरि बेलायतमा बस्दै आउनुभएका बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम प्रती परिवार नगद रु ।१ हजार ५ सयका दरले बितरण गरिएको हो ।

बौदीकाली २ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडाको अध्यक्षतामा भएको कार्यक्रम वडाकार्यालय डेढगाउँमा भएको हो ।  हाल बेलायतमा बसोबास गर्ने ईन्द्रजित सारु,युबराज राना लगायत १२ जना बौदीकाली बासी ब्यक्तिबाट सड्ढलित रकम कोरोना भाईरस कोभिड१९ बाट प्रभावित १०६ घरधुरीलाई वडाकार्यालय बाट छनौट भएका लाभग्राहिलाई बेलायत बाट आएको सहयोग रकम बौदीकाली गाउँ पालिकाको कोरोना रोकथाम नियन्त्रण राहत कोष मार्फत राहत सहयोग समन्वय समिति द्वारा बितरण गरिएको हो ।वडान १ मिथुकरममा १४, वडानम्बर २ डेढगाउँमा २७,वडानम्बर ३रकुवामा२६ वडानम्बर ४ रुचाङ्गमा १४, वडानम्बर ५ बबोकमा ११ र वडानम्बर ६ नरममा १४ घरधुरीलाई रकम हस्तान्तरण गरिएको हो ।

 राहत सहयोग समन्वय समितिको पहलमा आएको सहयोग प्रभावित परिवारलाई यो सहयोगले कोरोनाबाट बच्न आवस्यक सामाग्री खरिद गर्न प्रभावित परिवारलाई सहयोग पुग्ने समिति सदस्य कुलबहादुर ठाडाले बताउनु भयो। कोरोनाबाट प्रभावित परिवारलाई बिदेशी भुमिमा रहेर पनि आफ्नो गाउँका बासिन्दालाई बेलायतबाट पुर्याहउनु भएको सहयोगको प्रशम्सा गर्दै सहयोगलाई उदेश्य अनुसार सदुपयोग गर्नुपर्नेमा २ नम्बर वडा डेढगाउँ का वडाध्यक्ष बाल प्रसाद ठाडाले जोड दिनु भयो।  वडा नम्बर ४ रुचाङ्ग बाहेक अन्य वडामा सहयोग बितरण भैसकेको र उक्त वडामा पनि केही दिनमै बितरण गरिने राहत समन्वय समिति सदस्य गङ्गा बिश्वकर्माले बताउनु भयो । वडाकार्यालयहरुमा भएको कार्यक्रमको संचालन राहत समन्वय समिति सदस्य बिर बहादुर बिसीले गर्नु भएको हो ।