रामपुर युथ नेटवर्ककाे कोरोना सचेतना कार्यक्रम

बाेली खबर   २७ बैशाख २०७८, सोमबार १०:४९

रामपुर, २७ बैशाख २०७८, पाल्पा रामपुरको युवाहरूकाे पहलमा स्थापन गरिएको रामपुर युथ नेटवर्क क्लब रामपुर पाल्पाले स्थानीय स्तरमा कोरोनाको जोखिमलाइ न्यूनिकरण गर्न, तपाइको मास्क  खोइ ? तथा सामाजिक दुरी कायम गरौ जस्ता प्रचार एवं पम्प्लेट सहित  सचेतना कार्यक्रम सुरू गरेकाे छ। आज रामपुर ३ रजघरा एवं बोहरिडाँडाको क्षेत्र केन्द्रित भएर यस प्रकृतिको सचेतना कार्यक्रम सुरु गरिएको क्लवका अध्यक्ष रबिन थापाले जानकारी गराउनु भयो।

साथै यो अभियान निरन्तर अगाडि बढ्ने समेत जानकारी गराइएको छ।अहिले महामारी रोग कोरोनाको  भयाभह रुप सृजना भैरहेको बेला, सकेसम्म घरमै बसौं, घर बाहिर निस्किहाल्नु पर्यो भने पनि अनिबार्य मास्कको प्रयोग गर्नुहोला भन्दै अभियान सुरु भएको हो। रामपुर नगरपालिका वडा नम्बर ३ कै केहि ब्यक्तिमा पछिल्लो समय  कोरोना पुष्टि भएपछि युवा पंक्तिले यो अभियान चालएका हुन। सामाजिक अभियानमा निरन्तर सक्रिय रहेको यस क्लबले गत वर्ष पनि जनविकास माध्यामिक विद्ालयमा  बनाइएकाे क्वारेन्टाइन सेन्टरका कोरोना संक्रमितिको निगरानी गरिरहेका छन् । थप चेतना मुलक कार्यक्रम अगाडी बढाएर सामाजिक कार्यमा  निरन्तर अघि  बढ्ने क्लबको उद्देश्य  रहेको छ ।