लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना संक्रमितको मृत्यु

बाेली खबर   २८ बैशाख २०७८, मंगलवार १३:१०

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयाे ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताउनु भयाे ।