
रामपुर, २८, बैशाख २०७८, लायन्स क्लब अफ रामपुर आपतकालिन अबस्थामा कोभिड १९ बिरामीहरुको सहायताको निम्ति अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । रामपुर नगरपालिकालाइ आज एक कार्यक्रम गरि अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
उद्देश्य माथि प्रकाश पार्दै रामपुर लायन्स क्लबका अध्यक्ष पुरूषाेत्तम केसिले सामाजिक कार्य गर्न कै लागि स्थापना भएको यस संस्थाले स्वास्थ्य संकटका बेला केहि सहयोग गरेको बताउनु भएको छ । सिलिन्डर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले देश बिषम परिस्थितिमा गएको बेला व्यवसायीहरू मिलेर नागरिक कर्तव्य पुरा गर्दै मानव सेवाका लागि नगरपालिकालाइ सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ । अहिले यि अक्सिजन जिबन बुटि बनेको छ । नगर पालिका आफै केहि होइन सबै को सहयोगको कारण नगर पालिका यहाँ सम्म आएको छ भन्दै नगर प्रमुख थापाले । सामाजिक आर्थिक परिबर्तनका लागि सामाजिक संस्था हरुले पनि पुर्याउनु भएको योगदान महत्त्वपूर्ण हुने बताउनु भएको छ ।
लायन्स अफ रामपुर स्थापना देखिको इतिहास सुनाउदै लायन्स क्लब रामपुरका पुर्ब अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सेवा प्रदान गर्ने उद्देश्य सहित सुरु भएको लायन्स क्लबले गत बर्ष पहिलो चरणको कोभिडका बेला फुड व्याङ संचालन गरेको र अन्य काम पनि गरेको बताउनु भएको छ । घर घर मा कोभिड भित्रिएकाले हामीले मानवीय सेवा प्रदान गर्न कै लागि यहाँका व्यापारीसंगको सहयोगमा यो कार्य गरेको ढकालले जानकारी गराउनु भएको हो ।
हाल रामपुर नगरपालिकाको वडा न १,९र १० नम्बरमा सिलिन्डर सहित को बेड ५/५ वोटा बनाइएको छ भने हस्पिटललाइ १० वटा बेड साथै आबश्यक पर्ने अन्य कार्य गर्ने र पालिका सुरक्षित राख्ने बताइएको छ । ४ वटा भरि र १६ वटा खाली सिलिन्डर हस्तान्तरण कार्यक्रमको सन्चालन लायन्स गोबिन्द भट्टराईले गर्नु भएको हो ।