रामपुर प्रहरीलाई पिपिई सेट तथा सेनिटाईजर हस्तान्तरण

बन्दना पाेखरेल   २८ बैशाख २०७८, मंगलवार २१:१५

रामपुर, २८ बैशाख २०७८,  सेवा नेपाल रामपुर पाल्पाले प्रहरीलाई पिपिई सेट सहित सेनिटाईजर प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरीको लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको हो ।

कोभिड महामारी नियन्त्रणको लागि जारी निषेधाज्ञा कार्यान्वयन संगै शान्ति सु-व्यवस्था कायममा अहोरात्र खट्ने प्रहरीहरुको स्वास्थ्य सुरक्षाको लागि ६ वटा पिपिई सेट र ५ लिटर सेनिटाईजर प्रदान गरेको हो । सेवा नेपालका अध्यक्ष समशुल हक मियाँ, संरक्षक ईर्शाद अली शेख, समाजसेवी इब्राहिम मियाँ र इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकट अलीले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो ।

सामाग्री ग्रहण गर्दै कार्कीले पिपिई सेटले कोभिड जोखिमका विच गर्नु पर्ने कार्य सम्पदानलाई सामग्रीले थप सहज बनाएको बताउनुभयो । उहाँले संस्थालाई धन्यवाद दिनुभएको थियो । सेवा नेपालका अध्यक्ष मियाँले महामारीको यो समयमा कोभिड न्यूनिकरणको लागि अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।