रामपुर अस्पतालमा कोभिड उपचाररत महिलाको निधन

बाेली खबर   २ जेष्ठ २०७८, आईतवार १०:२८

०२ जेष्ठ २०७८, रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको आईतबार विहान निधन भएको छ । रामपुर नगरपालिका ८ का ४६ वर्षिय महिलाको विहान  निधन भएको रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार जानकारी दिनुभयो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका लागि पुगेको महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पाजेटिभ देखिए पछि होमआईसोलेसनमा बस्ने गरी फर्किनु भएको थियो । स्वास्थ्यमा समस्या देखिए पछि उनलाई रामपुर अस्पताल भर्ना गरिएको थियो ।