रामपुरमा ज्यादि पार्क निर्माण शुरु

बन्दना पाेखरेल   २ जेष्ठ २०७८, आईतवार १९:०६

रामपुर, २ जेष्ठ,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रामपुरमा ज्यादि पार्क निर्माण शुरु भएको छ। गत आर्थिक वर्ष बाट सुरु भएको कार्यक्रममा ज्यादि पार्कले छुट्टै पहिचान र पर्यटनको क्षेत्रमा पहिचान बनाउदै गएको थियाे  । फलस्वरूप रामपुरमा कालीगण्डकी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएको छ ।

पच्चिस हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, उद्यानमा प्रधानमन्त्री स्वरोजगार अन्तरगतको ३ लाख रुपँया बाट सुरु गरिएको ज्याग्दि पार्क निर्माण भएकाे हाे । गत आर्थिक वर्ष २०७६-०७७ मा वडा कार्यालयले पार्क निर्माणका लागि ४ लाख ९० हजार छुट्टाएको थियो जस मध्ये ३ लाख ९० हजार डिटेल सर्भेका लागि नगरपालिकालाई दिईएको छ भने १ लाखले अध्ययन अवलोकन भ्रमण गरीएको हो । डिपिआर गर्न गोल्डेन इरा इन्जिनियरीङ काठमाडौलाई दिईएको उद्यान निर्माण समितिका अध्यक्ष ओमप्रकास बस्यालले जानकारी दिनु भएको छ ।

सरकारले पर्यावरण र पर्यटन प्रर्वद्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप उद्यानको डिपिआर तयार पारी पहिलो चरणमा ट्रयाक खोल्ने र वनस्पति उद्यान बनाइने ज्याग्दी बृहत् पार्क विकास समितिका अध्यक्ष  बस्यालले जानकारी दिनुभयो । पार्क निर्माणलाई तिन घेरामा राख्ने गरि संरचना सुरु गरिएको छ । पहिलो घेरा ८ सय मिटर र दोस्रो घेरा १३ सय मिटरको तेस्रो घेरा भने निर्माण हुन बाँकी रहेको वडा सचिब बासुदेव ढकालले जानकारी दिनु भएको छ ।