रामपुर ८ लाई आईतबार राती देखि शिल गरिने

बाेली खबर   २ जेष्ठ २०७८, आईतवार १९:१६

रामपुर २ जेष्ठ २०७८  रामपुर नगरपालिका वडा नं. ८ लाई आईतबार राती १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । संक्रमणका कारण एक पछि अर्को नागरिकको ज्यान जान थाले संगै अर्को सूचना जारी नभए सम्मको लागि शिल गर्ने निर्णय गरेको हो ।

रामपुर नगरपालिका ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जालीका अनुसार वडा स्तरिय कोरोना व्यवस्थापन समितिको आपत्कालिन बैठकले ५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेकाे जानकारी दिनुभयो । बैठकले वडा भित्र आवत जावत गर्ने कार्यमा पूर्ण रुपमा रोक लगाएको छ । साथै वडाले अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन, व्रतबन्ध, विवाह, पुजा, भोज, समारोह जस्ता क्रियाकलाप सञ्चालन गर्न, मेलापात गर्दा एका घर परिवार मिलेर मात्र गर्न आग्रह गरेको छ ।

औषधी उपचार बाहेक अत्ति आवश्यक काम परेमा वडालाई जानकारी गराउनु पर्ने छ । स्थानीयहरुको सहजताको लागि खाद्यान्न लगाएतका पसलहरु विहान ७ बजे देखि ८ बजे सम्म भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापडण्द अपनाएर १ घण्टाको लागि खुल्ला गरिने जनाएको छ । होटेल तथा रेष्टुरेण्ट पूर्ण रुपमा बन्द रहने छ ।