
निस्दी, २ जेष्ठ २०७८, पाल्पा निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान , बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ।
सहयोग सामग्री होङशी शिवम सिमेन्ट प्रालि नवलपुरका जेम्स तथा जनसम्पर्क अधिकृत तिलक पाण्डेले संयुक्तरूपमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई हस्तान्तरण गर्नुभएको हो । हाल निस्दीमा अक्सिजन सहितको ७ बेडको आइसोलेसन कक्षा रहेको र ५० बेडको पुर्याउने लक्ष रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।
त्यस्तै अहिलेसम्म निस्दीमा अक्सिजन सिलिन्डर ठुलो ६ थान र सानो १० थान रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पछिल्लो समयमा निस्दीमा समुदाय स्तरमा पनि कोरोना पोजिटिभ व्यक्ति देखिन थालेकोले संक्रमित व्यक्तिलाई पालिकाले तयार परेको आइसोलेसनमा राख्ने र उनीहरुको खाना खर्च पालिकालेनै बेहोर्ने अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । निस्दीले आइसोलेसन कक्षा गल्धाको ढुंगानावेशीमा तयार गरेको छ।