
रामपुर, २ जेष्ठ २०७८, पाल्पाका लागि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर रानाको पहलमा तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आज पाल्पा पठाइएको छ ।
विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितकाे कोरोना भाइरसका कारण हाम्रो देशमा पनि त्रास र असहज परिस्थिति बनेको बेला आज पाल्पामा सांसद पुर्व मन्त्री एबंम पाल्पा क्षेत्र न १ का सङ्घिय सांसद दल बहादुर रानाको पहलमा आज जिल्ला समन्वय समितिमा सामान आएको हो ।
सांसद रानाका अनुसार आबश्यक स्वास्थकर्मीले भने जति नसके पनि केहि थान पिपिइ सेट सहित आबश्यक सामान पठाएको बताउदै अक्सिजन प्लान्टका लागि अर्थ मन्त्रीसंग कुरा भइरहेकाे ले आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिनु भएको जानकारी गराउनु भएको छ । जसको लागि भोलि नै अर्थ मन्त्रीसंग बैठक रहेको र यसै आर्थिक बर्षको बजेट नै दिने समेत रानाले जानकारी गराउनु भएको छ ।

स्वास्थ्य सामाग्रीसंगै माननीय दल बहादुर राना
तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू माक्स पिपिइ सेट ,गाउन, थर्मोमिटर लगायतका सामान रहेकाे छ । अहिले जिल्ला समन्वय पाल्पा मार्फत जिल्ला अस्पताल पाल्पा पुर्याउने जानकारी जिल्ला सम्मन्यय समिति पाल्पाका का वा प्रमुख मिरा मरासिनीले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल पाल्पाको माग अनुसार करिब साढे २ लाख बराबर को सामान स्वास्थ मन्त्रालयसंग समन्वय गरि पठाएको सांसद रानाले जानकारी गराउनु भएको छ ।