
रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले फ्रन्टलाईनमा खटिएका प्रहरी तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरी र रामपुर नगरपालिका क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई माक्स, सेनिटाईजर र ग्लोब्स दिएको हो ।
देश कोभिड १९ का कारण फ्रन्टलाईनमा रहेर काम गर्ने नेपाल प्रहरी र पत्रकारलाइ स्वास्थ सामाग्री बितरण गतेको हो । रोटरी क्लब अफ रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सामाग्री हस्तान्तरण गर्दै बिशुद्ध सामाजिक सेवाका लागि यहि २०७७ चैत्रमा स्थापना भएको रामपुर रोटरी क्लबले गरेका सामाजिक कामका बारेमा जानकारी गराउनु भएको छ । अहिले देशको परिस्थिति हेर्दा अत्यन्त असहज भएको छ । यो अबस्थामा ज्यानको बाजि राखेर फ्रन्टलाईनमा रहेर जनताको सेवामा लाग्ने सुरक्षाकर्मी र सुचना सम्प्रेषण गर्ने पत्रकारहरु लाइ सानो भएपनि सामाग्री हस्तान्तरण गर्न गरेको बताउनुभएको छ।
इलाका प्रहरी कार्यालय रामपुरका कार्यालय प्रमुख भिम बहादुर कार्कीले धन्यवाद दिनु हुदै कोभिड नियन्त्रणका लागि सबैले सहयोग गर्दै लकडाउनको पुर्ण पालना गर्न आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष सृजना घिमिरेले पत्रकार लाइ सहयोग गरेको मा धन्यवाद दिनु भएको हो । रोटरी क्लव अफ रामपुरले प्रहरीको लागि ५ सय वटा सर्जिकल माक्स, साढे २ लिटर सेनिटाईजर र सय जोर ग्लोब्स र सञ्चारकर्मीहरुका लागि ३ सय २० वटा सर्जिकल माक्स, ५० जोर ग्लोब्स र १५ वटा सय एमएलको सेनिटाईजर प्रदान गरेको हो । रोटरी क्लव अफ रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठले क्लवका पदाधिकारीहरुको उपस्थितमा ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक भिम बहादुर कार्की र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष सिर्जना घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
दुई महिना अघिमात्रै औपचारिक रुपमा रामपुरमा स्थापना भएको क्लबले यसभन्दा अघि निस्दी गाउँपालिकाको दुई विद्यालयमा न्यानो कपडा वितरण पनि गरेको छ । निस्दी गाउँपालिका वडा नं ३ क्याङ्गरुङ्ग स्थित लक्ष्मी माध्यमिक विद्यालय र वडा नं ४ मित्याल स्थित रुक्सेभन्ज्याङ्गको गौरी शकंर माध्यमिक विद्यालयका विपन्न, असहाय बालबालिकालाई जाडोको न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ । श्रेष्ठले स्वास्थ्यकर्मीहरुको लागि पिपिई दिने भनिए पनि तत्काल पिपिई उपलब्ध नभएकाले अहिले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई हस्तान्तरण गरिएको बताउँदै केही दिन भित्र कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पिपिई दिने जानकारी दिनुभयो । कोभिडको महामारी फैलिदै गएको हुदाँ सतर्क रहन अनुरोध गर्दै कार्यक्रमको संचालन क्लबका नोमिनी प्रेसिडेण्ट सागरप्रसाद देवकोटाले गर्नु भएको हो ।