युवा ब्यवसायी श्रेष्ठद्धरा रामपुर अस्पताललाई सहयोग

बन्दना पाेखरेल   ३ जेष्ठ २०७८, सोमबार १५:१२

रामपुर, रामपुरका युवा ब्यवसायी श्रेष्ठ इलेक्टि्ल्सका प्रोप्राइटर बिशाल श्रेष्ठ अशोक र भाइ चन्द्र कुमार श्रेष्ठले आज एक कार्यक्रमका बीच १० वटा सिलिन्डरमा अक्सिजन भर्न लाग्ने खर्च ब्यहाेर्ने घोषण गर्नु भएको छ ।

युवा ब्यवसायी श्रेष्ठले रामपुर अस्पताल रामपुरलाई अक्सिजन सिलिन्डर भर्न सहयोग गर्नु भएको हो । रामपुर अस्पतालका अस्पताल सन्चालक समितिका उपाध्यक्ष ईश्वरी खनालले अहिले देशभरि अक्सिजनको अभावको खबर आइरहेको र व्यवस्थापन गर्न गार्‍हो भैरहेको बिशम परिस्थितिमा सहयोग गर्नु भएकोमा धन्यवाद दिनु हुदै यो काेभिडसंग सबै मिलेर लाग्न आग्रह गर्नु भएको छ ।

त्यस्तै अस्पतालका नि प्रमुख डाक्टर बिजय परियारले सहयोग गर्नु भएकोमा धन्यवाद दिनु हुदै सुरक्षा अपनाउन र भौतिक दुरि काम गरि सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ । अहिले देशभरनै अक्सिजनको अभावका कारण हाहाकार मचिएको बेला श्रेष्ठ दाजुभाइले १० वटा सिलिन्डर भर्न लाग्ने खर्च दिनुभएको छ ।