मन्त्री अर्यालकाे गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री

संगम शाही ठकुरी   ३ जेष्ठ २०७८, सोमबार १५:४६

स्याङजा, नेपाल कम्यूनिष्ट पार्टी एमाले स्याङजाद्वारा आयोजित मदन-आश्रित २८ औ स्मृति दिवसको अवसरमा “जन नेता मदन भण्डारीको योगदान र नेपाली कम्यूनिष्ट आन्दोलनको भावी दिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कोभिडको दोस्रो लहर संकट समाधानका लागी पहल सम्बन्धी भर्चुअल माध्यमबाट भएकाे छलफलमा नेकपा एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेशका सह ईन्चार्ज एवम् कृषि तथा पशुपन्छी बिकास मन्त्री माननीय पदमा अर्याल ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएकाे हाे ।

मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जालाई अक्सिजन, ३० वटा पल्स अक्सिमिटर, ३५ हजार थान माक्स, २ सय ६० लिटर सेनिटाइजर, ४ सय २० पिस पिपिइ, ३ हजार ग्लोब्स, ३३ वटा थर्मोगन, पाँच थान अक्सिजन कन्सन्ट्रेटर समेत पठाएकाे भर्चुअल कार्यक्रम मार्फत बताउनु भएकाेछ ।

भर्चुअल बिधिबाट भएकाे अन्तरक्रिया कार्यक्रममा  जिल्ला ईन्चार्ज सीता सुन्दास, प्रदेस ससंद एवम् बिधान समितिका सभापति माननीय मोहन रेग्मी ज्यु, पुर्व अनेरास्ववियु का केन्द्रीय अध्यक्ष किशाेर बिक्रम मल्ल, गण्डकी प्रदेस ससंद एवम् जिल्ला सचिव मीन प्र गुरुङ, लगायत जिल्ला कमिटी सदस्य,  युवा सघं र अनेरास्ववियु कमिटी सदस्यहरूको सहभागिता रहेकाे थियाे ।

जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारास), ले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।  जिल्लामा बढ्दो कोभिड प्रकोप नियन्त्रण सम्बन्धि विशेष छलफल समेत भएको थियाे ।