पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न १ कराेड ५० लाख रकम स्वीकृत

बाेली खबर   ४ जेष्ठ २०७८, मंगलवार २०:०३

रामपुर, ४ जेष्ठ २०७८  पाल्पामा अक्सिजन प्लान्ट संचालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड ५० लाख बजेट स्वीकृत गरेको हो ।

कोरोना संक्रमितको उपचारमा जिल्लामा अक्सिजन अभाव भएका कारण समस्या भैरहेको समयमा पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रकम उपलब्ध भएको हो । अक्सिजन प्लान्ट निर्माण गर्ने जिल्ला समन्वय समिति र कोभिड १९ संकट ब्यबस्थापन समिति पाल्पाको निर्णय पाल्पा अस्पतालको माग, स्वास्थ्य मन्त्रालयको निर्णय र बजेट मागको आधारमा अर्थमन्त्रीले विष्णु पौडेलले तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न १ करोड ५० लाख बजेट स्विकृत गर्नु भएको पाल्पा क्षेत्र नं. १ का सांसद दलबहादुर रानाले जानकारी दिनु भयाे ।

सांसद रानाका अनुसार जिल्लाका संक्रमितको उपचारमा कमिहुन नदिन अक्सिजन प्लान्टको निर्माणका लागि मातहत निकायको माग चासोलाई समन्वय गरि बजेट टुंगो लगाउन सफल भएको बताउनु भयाे ।

पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अर्थमन्त्रालयबाट अक्सिजन प्लान्टका लागि बजेट छुटिएको जानकारी पाएको बताएनु भयाे ।  अस्पतालका अनुसार भौतिक संरचना १५ दिनमा सकिने गरि काम हुने जनाएको छ । अहिले प्राप्त बजेटबाट दैनिक ५० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन प्लान्ट तयार हुने भएपनि केहि दाताहरु संग छलफल भैरहेकोले थप सहयोग प्राप्त भए दैनिक एक सय सिलिन्डर क्षमताको प्लान्ट राख्ने योजना भएको अध्यक्ष पाण्डेले बताउनु भयाे । कोरोना महामारीको यो समयमा संक्रमितहरु दैनिक रुपमा बढेका छन् । उनिहरु सामान्य अवस्था हुदाँ होमआइसोलेसनमा बस्दै आएका छन् । तर दोस्रो चरणमा देखिएको नयाँ भेरिएन्टको कोरोना भाइसरका बिरामीको शरिरमा अक्सिजन कमी हुनेगरेको पाईएको छ । संक्रमितलाई उपचारका लागि अस्पताल लैजाँदा अक्सिजन आबश्यक भन्दै फर्काउने गर्दा अक्सिजन अभावमा संक्रमितको मृत्यु समेत हुदै आएको छ ।