निस्दीमा कोरोना संक्रमितको संख्या ९३ पुग्याे

धनबहादुर ठाडा   ५ जेष्ठ २०७८, बुधबार ११:४२

निस्दी,  ५ जेठ  पाल्पा- निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

त्यस्तै मित्यालमा ८ जना , बाकामलाङमा ७ जना , सहलकोटमा ५ जनालाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्यकर्मी अर्जुन रानाले बताउनुभयो । झिरुबासमा भने अहिलेसम्म कसैलाई पनि पोजिटिभ नदेखिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभएको छ। झिरुबासले अन्य छिमेकी वडा तथा गाउँमा अत्यन्तै जरुरी काममा बाहेक आवातजावत बन्द गरेको समाजसेवी दमन सिंह थापाले बताउनुभयो।

निस्दीमा कोरोना पोजिटिभ व्यक्तिहरु सुरक्षित तरिकाले होम आइसोलेसनमा बस्दै आएको र सबैको अवस्था सामान्य रहेको देखिन्छ । उनीहरुको अवस्था जटिल बन्दै गएको खण्डमा पालिकाले तयार पारेको अक्सिजन सहितको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो। निस्दीमा आइसोलेसन कक्ष गल्धाको ढुंगानावेशीमा रहेको छ।