बिरकोटमा जीप दुर्घटना हुदाँ २ जना घाईते

बाेली खबर   ६ जेष्ठ २०७८, बिहीबार १४:००

पुर्वखाेला, ०६ जेठ  सुनौलीबाट पाल्पा रामपुर जान हिडेका बा,१६ च १७१९ नम्बरको सुजुकी ट्याक्सी पूर्वखोला गाउँ पालिका बिरकोट हुलाक भाङज्याङ स्थित पारीभीर भन्ने ठाउँमा दुर्घटना हुदाँ २ जना घाईते भएका छन् ।

बिहान ४ बजे तिर मौसमका कारण गाडी दुर्घटना भएको बताएकाेछ । रामपुर नगरपालिकाका इन्डिया आर्मी इद्र बहादुर थापाले गाडी रिजर्ब गरि रामपुर आएका थिए । थापाले आफुले गाडीमा बेल्ट बाधेको र गाडी चालकलाई आफुले समातेकाेले गाडीमा सवार आफु र चालक सामान्य घाइते भएकाे बताएका छन् । गाडी बाटो देखि १५० मिटर तल खसेकाे स्थानीय सिमा श्रेष्ठले बताउनु भयाे । घाइतेहरुको सामान्य प्राथमिक उपचार पछि घर पठाएको छ ।