
तानसेन, ६ जेठ, पाल्पामा पछिल्लो २४ थप १ सय ७५ जनामा कोरोना संक्रमित थपिएका छन् । बिहीवार पिसिआरबाट बिधिबाछ १ सय ३३ जना एन्टिजेन बिधिबाट ४२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
यसरी थपिएकाहरुमा माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका ३९जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रम्भा गाउँपालिकाका ४२ जना, बगनासकाली गाउँपालिकाका १९ जना , तिनाउँ गाउँपालिकाका ३० जना, तानसेन नगरपालिका तथा अस्पतालहरु ३९ गरी कुल १ सय ७५ जना रहेको उनले बताए । यस्तै बिहीवार थप १ सय १० जनाले कोरोना जितेका छन् । अहिले पाल्पामा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १६ रहेको उनले बताए ।