
तानसेन, पाल्पा प्रेस चौतारी नेपाल पाल्पा शाखाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहेर जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेको छ ।
संकट र पीडाका समयमा सस्तो लोकप्रियताका समाचार नभै आम नागरिकको मर्म र भावनालाई केन्द्रमा राखी पेशागत मर्यादा पूरा गर्न शाखा अध्यक्ष राजेन्द्र लिगलले आग्रह गरेका छन् । उनले पत्रकारले उठाएका विषयबस्तुले जनतामा त्रास नभै उत्साह,आँट र संक्रमणलाई जीत्ने आत्मबल प्राप्त हुनेखालका सामग्री प्रकासन तथा प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् । चौतारीले विज्ञप्ति मार्फत कोभिड १९ को संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको समयमा जनजीवन असहज बनिरहेको समयमा श्रमजीवी पत्रकार तथा कर्मचारीको उचित व्यवस्थापन, सम्मान व्यवहार र उनिहरुलाई कार्यसम्पादनमा सहज वातावरण गराईदिन संचारगृह संग माग समेत गरेको छ ।
साथै महामारीका समयमा सहकार्य र सहयोगमा जुटेका सवै संचार गृहको सवलिकरणलाई स्थानीय सरकार,सरकारी कार्यालय र अन्य सामाजिक संस्थाले समानुपातिक रुपमा सहज प्रकृयाबाट हुनसक्ने सहयोग उपलव्ध गराउनका लागि हार्दिक अपिल सोत गरेको छ । अध्यक्ष राजेन्द्र लिगलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा कोरोना महामारीमा जनतालाई सुशुचित गर्न दौरानमा संक्रमणमा परेका सम्पूर्ण पत्रकार तथा संचारकर्मीको पूर्ण सिध्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ । साथै संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा देखिएका समस्या प्रति स्थानीय,प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आग्रह समेत गरिएको छ ।