
रामपुर, रोटरी क्लव रामपुर पाल्पाले रामपुर अस्पताललाई पिपिइसेट सहयोग गरेको छ । क्लवका अध्यक्ष राजुप्रसाद श्रेष्ठले नितान्त जनसेवा गर्ने क्लवले अस्पतालमा जोखिम मोलेर सेवा दिने स्वाश्थ्यकर्मीलाई १४ थान पिपिईसेट तथा फेससिल प्रदान गरिएको बताउनुभएको छ ।
कोरोना भाइरसको जोखिम बढ्दो क्रममा निरन्तर नागरिकलाई स्वाश्थ्य सेवा प्रदान गर्ने स्वाश्थकर्मी तथा एम्बुलेन्स चालकलाई समेत उपलब्ध हुने गरि स्वाश्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयाे । अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा रामपुर अस्पतालका अध्यक्ष बासुदेव भट्टराईले कोभिड–१९ को संक्रमणकालिन विपदको समयमा साधन श्रोतको कमी भएपनि जसोतसो सेवा दिएको बताउदै पिपिइसेट दिएर सहयोग गर्ने रोटरी क्लवलाइृ धन्यवाद दिनुभएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले स्वाश्थ्य सामाग्रीको अभावका विचपनि गुणस्तरिय सेवा प्रदान गरेको बताउनुभएको छ । क्लवले जाडोको समयमा निस्दी गाउँपालिकाका विद्यालयमा न्यानो कपडा बितरण तथा केहिदिन अघि इलाका प्रहरी कार्यालय रामपुरका सुरक्षाकर्मी तथा यसक्षेत्रका पत्रकार संचारकर्मीलाई मास्क, सेनिटाइजर स्वाश्थ्य सामाग्री सहयोग गरेको क्लवका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । सामाग्री हस्तान्तरण कार्यक्रमको संचालन रोटरियन अर्जुन श्रेष्ठले गर्नुभएको छ ।