
रामपुर, पाल्पा रामपुर वडा नं. ६ को मुख्य बजार बिजयपुर सहित रामपुर नगरपालिका ६ नं वडालाई सोमबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ ।
समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो । वडा समिति, वडा स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम तथा कार्य समुह, राजनैतिक दलका प्रमुख, रामपुर उद्योग वाणिज्य संघ, बिजयपुर बजार व्यवस्थापन समिति, क्लव, पत्रकार लगाएतको सर्वपक्षिय बैठकको सुझाव अनुसार जेठ ९ गते राति १२ बजे देखि १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो ।
रामपुर ५ का वडा कार्यबहाक अध्यक्ष थिरलाल ढकालले यस अघि निषेधाज्ञा गरिए पनि आवतजावत नरोकिदा निषेधाज्ञा कै विच संक्रमण फैलिएकाले एक हप्ताको लागि थप कडाई गर्न लागेको जानकारी दिनुभयो । उहाँले वडा भित्र पूर्ण रुपमा शिल गरिने र वडाका नाकाहरुमा स्वयम सेवक परिचालन गरेर निगरानी गरिने बताउनुभयो । १३ गते सम्मका लागि आवश्यक खाद्यान्न सञ्चित गर्नका लागि विहिबार विहान ७ बजे देखि ९ बजे सम्म जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पसल खुल्ला गर्न दिईएकाे थियाे । स्वास्थ्य संस्था तथा मेडिकल लगाएतका औषधी व्यवसाय बाहेकका अन्य पसल बन्द गर्नुका साथै हिडडुल गर्न पनि पूर्ण रुपमा निषेध गरिने भएको छ । खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योग बाट उत्पादन भएका वस्तुको ओसारपसार गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापडण्ड पूर्ण रुपमा पलना गरि सञ्चालन गर्न दिइने वडाले जनाएको छ । संघिय तथा प्रदेश स्तरीय योजनाहरु बाहेक अन्य योजनाहरु, निर्माण स्थलका कार्यहरु पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ ।