
रामपुर, रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ नागरिकले कोरोना जितेर घर फर्कनुभएको छ । दश दिन अघि उपचारका लागि रामपुर अस्पताल आउनुभएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले शनिवार कोरोना जितेर खुशी हुदै घर फर्कनुभएको छ ।
आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिनुभएकोछ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहनुभएकी कंडेल स्वास्थ्यमा समस्या देखिएपछि दश दिन अघि उपचारका लागि अस्पतालमा आउनुभएको र अहिले निको हुदै गएपछि शनिवार घर पठाइएको कोभिड फोकलपर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिनुभएको छ । उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियार लगायतले विदाई गर्दै अस्पतालको एम्बुलेन्समार्फत घर पठाइएको हो ।
अस्तीदेखी अक्सिजन हटाइएको र स्वास्थ्यमा राम्रो सुधार हुदै गएपछि आज घर पठाइएको डाक्टर सुवेदी बताउनुहुन्छ । हाल रामपुर अस्पतालको कोरोना अस्पतालमा पाँच जना बिरामी उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर परियारले बताउनुभएको छ । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन डाक्टर परियारले अनुरोध गर्नुभएको छ । रामपुर अस्पतालको कोरोना अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक जना केही दिन अघि ज्यान गएको छ भने एक जनालाई रिफर गरिएको छ । त्यस्तै गरि डा परियारले अन्य बिरामी सुत्केरीहरु कोरोना अस्पताल भनि डराउनु भएको छ । नडराउन र छुट्टै छुट्टै भवन प्रयोग गरियो छ भन्दै अहिले दैनिक जसो सुत्केरीको अप्रेसन भैरहेको जानकारी गराइदै पछिल्लो समय सुत्केरीहरु डरले घरअमै मिति पुग्दा र जटिल अबस्थामा पुग्दामात्र आउने गर्नु भएको छ । नडराउन र सचेत बन्न आग्रह गर्नु भएको छ ।