
निस्दी, श्रम मेहनत र लगनशीलताले मानिसलाई थप नयाँ उचाईमा पु¥याए उदाहरण हुन् सूर्य बहादुर खाम्चाह । निस्दी गाउपालिकामा कृर्षी ब्यवसायतिर एक पछि अर्को युवाहरु ब्यवसायिक कृर्षीमा आकृर्षित बन्न थालेका छन् । निस्दी ५ ढुगानाबेशीका खाम्चाह बहत्तरी कृषि फर्म नामक कृषि फर्म दर्ता गरेर मनाग्गे आम्दानी गर्न थालेका छन् ।
बैदेशिक रोजगारीमा भौतारिएका सुर्य बहादुर खाम्चाहले बिगत तिन बर्ष देखि निस्दिको ढुगानावेशीमा रहेर बहत्तरी कृषि फर्म संचालन गर्दै आएका हुन् । नेपालमा केही छैन विकल्प बैदेशिक रोजगारी नै हो भन्ने युवाहरु मध्येमा म पनि एक थिए । बैदेशिक रोजगारीको शिलसिलामा बहराइनमा पुगे । २ बर्ष काम गरे तर सोचे जस्तो रहेनछ विदेशमा उनी सम्झिदै भने । अखिर विदेशमा आएर यही कृषिका काम गर्ने हो भने त मेरो आफनै देशमा मेरौ बारीमा गरे त के विग्रिन्छ पैसा त यही त रहेछ । किन विदेश विदेश भन्न पर्यो । १५ हजार कमाउनलाई आफनो सबै परिवार छोडेर मरिहत्ते गर्ने हामी नेपाली युवाहरु अखिर कृर्षिका काम गर्न किन विदेशिनु पर्ने बोलीखबरसंग उनले भने ।
१५ हजार कमाउनलाई आफनो सबै परिवार छोडेर मरिहत्ते गर्ने हामी नेपाली युवाहरु अखिर कृर्षिका काम गर्न किन विदेशिनु पर्ने बोलीखबरसंग उनले भने ।
करिव ४ बर्ष छिमेकी राष्ट्र भारतमा काम गरेका खाम्चाह, २ बर्ष वहराइनमा शित भण्डारमा काम गरेको बताउदै काम अनुसार दाम कहिल्यै पाएन दुखेसो पुखे । खाम्चाहले मासिक १५ हजार मात्र पाएको बताउछन् । अहिले उनले घरमै बसेर आफ्नो परिवारको सदस्यका साथमा रमाउदै करिव ४ लाख बार्षीक आम्दानी गरेको बताएका छन् । हाल कृषि र्फममा टमाटर रहेकोछ । करिव १ हजार बोट टमाटर छ । मौसमी तथा बेमौसमी तरकरी उत्पादन गर्दै आएका छन् । विदेशमा गर्ने मेहनेत यहाँ गरे यहि सन्तुष्टि मिल्छ भन्दै आफ्नै गाउँमा आफ्नै ठाउँमा काम गर्न आग्रह समेत गरेका छन् । उनले तरकारीको अहिले सम्म पाल्पाको रामपुर, बेलडाँडा, ढुङंगानाबेशी मित्याल लगायतका स्थानिय वजारमै खपत हुदै आएको छ भने धेरै भए तानसेन सम्म पठाएकोछु उनले भने । करिव ७ रोपनी क्षेत्रफलमा काम गर्दै आएका कृषक खाम्चाहको ७ जनाको परिवार राम्रो संग चलेकोछ । उनकोे आमा बुबा दुई छोरी एक छोरा र श्रीमती सहितको परिवार रहेको छ ।
विदेशमा गर्ने मेहनेत यहाँ गरे यहि सन्तुष्टि मिल्छ भन्दै आफ्नै गाउँमा आफ्नै ठाउँमा काम गर्न आग्रह समेत गरेका छन् ।
मौसमी तथा बेमौसमी तरकारी, च्याउ उत्पादन गरेर राम्रो आम्दानी गरेका निस्दी ५ ढुङ्गनावेशीका पूर्ण बहादुर पचभैया पनि एक कृर्षि युवा ब्यवसायी हुन् । उनले पनि च्याउ खेतीबाट राम्रो आम्दानी गरेको बताउछन् । विक्रीका लागि उनी दिनाँहु रामपुरको बेझाँड बजार नै केन्द्रित बनेको छ । ढुङ्गनावेशी देखि रामपुर बेझाँड आउन आधा घण्टाको बाटो हो । विक्रीका लागि कुनै समस्या छैन । च्याउ विक्री भएन भनेर कुनै दिन रित्तो हात लिएर फार्किन नपरेको पचभैया बताउछन् ।
विक्रीका लागि कुनै समस्या छैन । च्याउ विक्री भएन भनेर कुनै दिन रित्तो हात लिएर फार्किन नपरेको पचभैया बताउछन् ।
निस्दी गाउँपालिकाको अनुदान २ लाख १२ हजार ५ सय, कोभिड लक्षित अनुदान अन्तर्रगत गत बर्ष २० हजार उपलव्ध गराएको छ । उनलाई प्रविधिमा रहेर कृषी गर्नका लागि आफ्नै ब्यक्तिगत लगानी बाट सुरु गरेको हो । हाम्रो जस्तो कृषी प्रधान देशमा कृषीका लागि आधुनिक र प्रविधि मैत्रि बनाउन सवै तहका सरकारले ध्यान दिनु पर्ने कहिले विउ कुन माटोका कुन प्रजातिको खेति हुन सक्छ जस्ता कुरामा ध्यान दिनु पर्ने उनको भनाई थियो । निस्दी गाउँपालिकाको १ वडा १ उत्पादन कार्यक्रम अन्तरर्गत पनि धेरै काम भएका छन् अहिले निस्दी गाउँपालिका कृर्षी शाखाले कृषकलाई आवश्यक सहयोग गर्दै आएको कृर्षी शाखाका प्रमुख खिम कोईरालाले जानकारी गराउनु भएकोछ । उत्पादन हुनु प¥यो वजारिकरणका लागि सहयोग गर्ने र गर्दै आएको कोईरालाले जानकारी दिनु भएको छ । कोरोना र लकडाउनका वीच पनि कृर्षीका काममा कृषकका काममा हरपल सुरक्षीत रहेको पुग्ने गरेको र पुग्ने समेत जानकारी दिनु भएकोछ ।