पाल्पामा निषेधाज्ञा जेठ २४ सम्म थपियो

बाेली खबर   १४ जेष्ठ २०७८, शुक्रबार १४:०७

तानसेन, १४ जेठ, पाल्पामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मलाई थप गरिएको छ । तेस्राे चरणको निषेधाज्ञा जेठ १५ गते रातीसम्मका लागि गरिएको थियो ।

अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयाे । साथै नेपाल सरकार मन्त्रालयबाट पाल्पा अस्पताललाइ  निकासा भएकाे रकम अक्सिजन प्लाण्ट निर्माण तथा अाइिसयू, भेन्टिलेटर निर्माण गर्न तत्काल खरिद प्रत्रिया अघि बढाउने निर्णय समेत गरेकाे छ । 

दैनिक सङक्रमितहरुको संख्या थपिँदै जाँदा थप सतर्कता आवश्यक रहेको ठहर गर्दै थप निषेधाज्ञा लम्बाईएको डिसीसीएमसीको बैठकले जनाएको छ । निषेधाज्ञामा लागु हुने निर्णयहरू पुरानै कायम रहने समेत जानएकाे छ । निषेधाज्ञामा अादेश कार्यान्वयनमा जिल्ला स्थित सम्पुर्ण निकायहरू ब्यत्ति, संघ संस्था, पेशाकर्मी, ब्यवसायी तथा अाम नागरिकहरूकाे तर्फबाट सहयाेग गर्न समेत अपिल गरेकाे छ ।