पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिए

बोलीखबर   ३० आश्विन २०७७, शुक्रबार १९:१९

पाल्पा

पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार दिउँसो ३ बजेसम्मको अपडेट अनुसार तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला, रिब्दीकोट गाउँपालिकामा २ जना पुरुष थपिएका छन् । त्यस्तै शुक्रवार नै तानसेन नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरि १३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए