पाल्पा र तनहुँ जोड्ने गरि निर्माण भैरहेको पक्की पुलकाे सामान नदिले बगायाे

बन्दना पाेखरेल   १४ जेष्ठ २०७८, शुक्रबार १७:३८

दानस मल्ल रामपुर

तीन दिन अगाडी देखि निरन्तर परेको पानीका कारण आसपासका खोला नाला सङ्गै कालीगण्डकी समेत बढेको छ। वर्षा नलाग्दै एक्कासी परेको पानी को कारण कालीगण्डकी बढ्न गएकाे बहावका कारण पाल्पा रामपुर १ स्याउली बजार र तनहुँ घिरिङ्ग१ पुट्टार जोड्ने गरि निर्माण भैरहेको पक्की पुललाई समेत असर पुर्याएको छ।

दुइ सय १० मिटर लम्बाइ रहेको पुलको तेस्रो नम्बर पिल्लर को निर्माणकार्य भैरहेकोमा एक्कासी नदि बढेर आए पछि निर्माणकार्य मा प्रयोग भैरहेको डोजर,७ वटा पानी तान्ने पम्प,सिमेन्ट ,गिट्टी,बालुवा लगायतका निर्माण सामग्री डुबाएको निर्माण कम्पनीका इन्जिनियर यादब बस्यालले बताउनु भएको छ।

नदि बढ्ने क्रम नरोकिए नदिले डुबाएर राखेको डोजर समेत बगाउन सक्ने जोखिम रहेको कुरा डोजर चालक अनिल श्रेष्ठले बताउनु भयो। आ ब ०७४/०७५ मा निर्माणकार्य सुरु गरि आ ब ०७७/०७८ मा सम्पन्न गर्ने गरि ठेक्का लिएको युनाइटेड विल्डर्स कम्पनि काठमाडौ को ढिला सुस्तिकै कारण ले यो अबस्था आएको कुरा निर्माण उपभोक्ता समितिका सदस्य मीन ब दरैले बताउनु भएको छ।पाँच वटा पिल्लर रहेको पुलको अहिले सम्म जम्मा दुई वटा पिल्लरकाे मात्रै काम भएकोले समयमा पुलको निर्माणकार्य नसकिने सङ्केत देखिएको छ । समयमै अायाेजना सम्पन्न् गर्न तर्फ सम्बन्धित निकायको समयमै ध्यान दिनु पर्ने गुनासो स्थानिय बासिन्दाको रहेको छ।