लाल बहादुरकाे पाैरख र खुशी

बन्दना पाेखरेल   १४ जेष्ठ २०७८, शुक्रबार १७:५६

बन्दना पोखरेल

रामपुर पाल्पा पाल्पा निस्दी गाउँपालिका युवाहरु अहिले आफ्नै गाउँमा व्यावसायिक बन्दै छन् । कोहि लोक कुखुरा पाल्दै आर्थिक समृद्ध बढाउदै छन् भने कोहि बाईलर ,कोहि व्यावसायिक तरकारि खेति गर्दै जिबन व्यवस्थीत गर्न लागेका छन् । हरेक युवाको आकर्षण बैदेशिक रोजगार भएका बेला निस्दी ४ मित्याल धाक्रेदमारका कृषक लाल बहादुर सोतीले अहिले कृषी गरि जिवन यापन गरिरहेका छन् । अहिले युवाहरू विभिन्न कामका लागि आफ्ना आफ्ना बारि खन्नमा व्यस्त छन् ।

अहिले निस्दी र निस्दी वासि लाई समृद्ध बनाउन विभिन्न कार्यक्रमहरु ल्याईएका छन् भने यहाँ युवा जोस पनि र्जुमुराएको छ । जब सम्म युवा जोस र जागर मैलाउन सक्दैन तव सम्म कुनै खालका प्रयास सफल हुदैन भन्ने गतिलो उदाहरण बनेका छन् निस्दी ४ का मित्याल धाक्रेदमारका सोति , आफ्नो बारिलाई हरियो बनाउदै आएका उनी बारि मै रमाउन थालेका छन् अहिले उनको बारिमा भान्टा टमाटर काक्रा रहेका छन् .अहिले उनि यो बेला आफ्ना बारिका तरकारी बेच्नका लागि अरुणखोला सम्म पुग्थ्ए उनि डोकोमा तरकारि बोकेर बजार जाने उनी यो लक डाउन भए सगैँ उनलाई तरकारि बेच्न गाह्रो भएको छ । जति बेला पनि आफ्नै बारिमा मेहनेत गरिरहेका भेटिने सोतिको बारीमा अहिले लटरम्म काक्रा फलेका छन् । कतै टमाटर पाकेका छन् कतै भान्टा त कतै र्खुसानी देख्न सकिन्छ । श्रीमति सहित ३ छोरा २ बुहारी २ नातिनातिनाकाका धनि लालबहादुर अहिले ५३ बर्षका भए । उनमा जोस जागर र सिक्ने चाहाना भने १६ बर्षे ठिटोमा जस्तो छ । अहिले कोरोनाका कारण देश ठप्प भएको छ ।

हाम्रो देशमा कोरोनाको दोस्रो लहरका कारण गत बैशाख १८ गते राति देखि लक डाउन भैरहेको यो अवस्थामा गरि खाने वर्ग सवै भन्दा बढि मारमा छन् । यहि मारले कृषकलाई पनी छोडेको छैन लालबहादुर भन्छन् कोरोनाभई लकडाउनका कारण तरकारि बेच्न सकिएको छैन । बैशाख देखि काक्रो बेच्न थाले पनि अहिले पर सम्म लान नसकिएकोले सोचे जति आम्दानि नहुने बताउछन् । अ।थिर्क बर्ष २०६६।०७७ मा निस्दी गाउँपालिका कृषि शाखा बाट अध्यक्ष युवा लक्षित कृषि अनुदान मार्फत ७५ प्रतिशत रकम अनुदानमा ५० हजार अनुदान पाएका हुन् । यो अनुदान प्रत्येक वडामा दुइ दुइ जनाका दरले वितरण गरिएको हो । यस वर्ष उनको बारिमा अहिले निकाल्न लागीएका काक्रा , खुर्सानी , टमाटर छन् । करिव ५ रोपनी क्षेत्रफलमा लगाईएका तरकारिहरुले उनलाई आनन्द दिने र्गछ। पानि अर्थात सिचाईको व्यवस्था छैन तर पनि सघंषबाट काम गरिरहेका छन् । सिचाईको समस्या बताउदै खानका लागी आउने पनि धेरै भएको जम्मा पार्ने र प्रयोग गदैैैै आएका छन् । उनलाई खेति गर्न उनका परिवारका सदस्यहरु पनी सघाउछन् ।

करिव ८ बर्ष भारतको बिभिन्न ठाउँमा काम गरेको अनुभव रहेका उनि वजारिकरणको सुविधा भैदिए अझ बढि तरकारी लगाउने मन भएको सुनाउदै आफ्ना छिमेकिले विरुवा लगेर रोप्छन् मेहनेत कम भए पनि कहाँ राम्रो फल्छ र फलेन भन्न आउछन् भनेर मुक्त कण्ठले हास्दै विना मेहनेत कहाँ हुन्छर भन्छन् । उत्पादन भएको तरकारि नजिकका बजार मित्याल र अरुणखोला सम्म विक्री हुने गरेको निस्दी गाउँपालिकाका कृषी शाखा प्रमुख खेमराज कोईरालाले बताएका छन् । अन्य सहयोग दिन नसकेपनि हाल हामिले कृषी प्राविधिक सहयोेग दिईरहेका छौ भन्दै यदि कृषकले धेरै उत्पादन गरेमा विक्री गर्न नसके विक्री नभएमा गाउँपालिकाले त्यसको व्यवस्थापन गर्ने बताउछन् ।

एक वडा एक उत्पादन भन्ने निस्दी गाउँपालिकाको उद्देश्य रहेको र यसको व्यवस्थापनका लागि सकेसम्म लागी परेको कृषी शाखा प्रमुख कोईरालाले बताए । हाल लकडाउनका कारण साथै संक्रमण फैलिएका कारण काम गर्न सहज नभएको बताउदै उत्पादित बस्तु बजारिकरणका लागि पहल गर्ने बताउनु भएको छ । सोतिले अहिले मकै पकेट क्षेत्र अन्तरगतको १२ रोपनिमा मकै लगाउनु भएको छ भने उहाँको गोठमा भैसि बाखा्र रहेका छन् ।