विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण

बाेली खबर   २२ जेष्ठ २०७८, शनिबार २०:१५

रामपुर, रम्भा गाउपालिकाले विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण गरेको छ । गाउँपालिकाको वडा नं. २ रानीबासका १५ जना एकल महिला तथा विपन्न परिवारलाई प्रति परिवार २।२ वटा का दरले ३० वटा मौरीको गोला सहितको घार वितरण गरेको हो ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रानीबासका १५ जना किसानलाई शतप्रतिशत अनुदानमा मौरीको घार वितरण गरेको हो । वितरण कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउ‘पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले मौरी पालन कार्यक्रममा लगनशील भएर कार्य गरि आम्दानी बृद्धि गर्न प्रयासरत रहनुपर्ने बताए ।

रम्भा गाउपालिकाका सूचना अधिकारी भक्तुजङ्ग रानाले मौरीपालन एउटा कम मिहेनेत र लगानीबाट फाइदा लिनसकिने कार्यक्रम भएकोले मौरीघारको सुरक्षा र व्यवस्थापन गर्न किसानको दायित्व भएको बताए । यसैगरि कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका संयोजक पुस्पा कुवरले रानीबास गाउमा मौरी पालन कार्यक्रम संचालन गर्नुको उद्घेश्य माथि प्रकाश पार्दै मौरी पालनका तरिकाबारे धारणा राखेका थिए । कार्यक्रममा कृषक विमला पाडेले स्थानीय सरकारले दिएको मौरीघारबाट आफुले आम्दानी बृद्धि गर्न सक्ने बताउदै यसबारे थप तालिमको खाचो रहेको बताए ।