किसानलाई धानको बीउ वितरण

बाेली खबर   २२ जेष्ठ २०७८, शनिबार २०:२१

पाल्पा, जेठ २१ रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुलाई धानको बीउ वितरण गरेको छ । गाउँपालिकाले ४ हजार ७ सय २५ किलो कृषकको माग अनुसार नै निशुल्क धानको बीउ वितरण गरेको हो ।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले सामामन्सुली, राधा चौध र रामधान वितरण गरेको बताए । उनले भने, ‘कृषकहरुले जति माग गर्नुभएको छ सोही अनुसारका जात र तौलमा धानको बीउ वितरण गरिएको छ । उन्नत जातको धानको बीउले कृषकहरुको उत्पादन बढ्ने छ ।’ रम्भा गाउँपालिकाका कृषक रामचन्द्र सापकोटाले आफूले खोजेको जात अनुदानमा गाउँपालिकाले व्यवस्था गरेकोमा खुसी व्यक्त गरे ।

उनले भने, हामीहरुले उन्नतजातको बीउ लगाएर उत्पादनलाई बढाउँदै लैजाने योजना बनाएका थियौं, शत प्रतिशत अनुदानमा गाउँपालिकाको प्रत्यक्ष सहयोग प्राप्त भएको छ