शहिद बहुमुखी क्याम्पसमा अनलाईन कक्षा संचालन हुने

कृष्ण भट्टराई   २२ जेष्ठ २०७८, शनिबार २२:३२

रामपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन शहिद बहुमुखी क्याम्पस कमिटीले विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन गर्न माग गरे पछि शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत  विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन हुने भएकाे छ ।  विश्वभर फैलिएको कोभिड १९ को दोस्रो लहरले शैक्षिक क्षेत्रलाई असर परेको भन्दै शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन गर्न माग गरेकाे थियाे ।

क्याम्पस बन्दसंगै विद्यार्थीको शैक्षिक अवस्था अवरुद्ध रहेको अवस्थामा अनेरास्ववियुले एक विज्ञाप्ती जारी गर्दै शहिद बहुमुखी क्याम्पसमा अनलाईन कक्षाको माग गरेको विद्यार्थी युनियनका संयोजक मधुसुदन आचार्यले बताएका छन् ।

विद्यार्थीको पठनपाठनलाई मध्येनजर गर्दै क्याम्पसले विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्ने ब्यवस्थाका लागि पुस्तकालयबाट सबै पुस्तक उपलब्ध गराउन र विशेषता आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई अनलाईन कक्षाको लागि इन्टरनेट डाटा उपलब्ध गराउन अनेरास्ववियु जोडदार माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा क्याम्पसले अनलाईन कक्षा संचालन गर्न इन्टरनेट सेवा ब्यवस्था नगरुन्जेल सम्म अनेरास्ववियुको तर्फबाट इन्टरनेट मोबाईल डाटा  उपलब्ध गराउने समेत संयोजक आचार्यले बताएका छन् ।