
निस्दी गाउँपालिकाको मुख्य केन्द्र मित्यालको रुक्सेभञ्ज्याङ बजार शिल गरिएको छ । निस्दी गाउँपालिकाको वडा न ४ मा समुदाय स्तरमै कोरोना भाईरस संक्रमण बढेपछि जेठ २२ गते राति १२ बजे देखी लागु हुने गरि जेठ २९ गते राती १२ बजे सम्मकालागि पूर्ण शिल गरिएको हो ।
वडामा समुदायस्तर मै संक्रमण फैलिनुका साथै ज्वरोका विरामी बढेपछि पूर्ण रुपमा शिल गरिएको हो । यस अवधीमा औषधी पसल र दुध तथा डेरी बाहेक खाद्यान्न, तरकारी, निर्माण सामाग्रीको पसलहरु पनि पूर्ण बन्द गरी हिडडुलमा पनि रोक लगाएको छ ।
वडा समितिको आह्वानमा राजनैतिक दल, मजदुर व्यवस्थापन समिति, बजार व्यवस्थापन समिति र क्लव तथा संस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले वडाशिल गर्ने निर्णय गरेको छ ।