निस्दीमा कोरोना संक्रमित २१९ पुग्यो

धन बहादुर ठाडा   २५ जेष्ठ २०७८, मंगलवार १४:२६

निस्दी, निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको सङ्ख्या २ सय १९ जना पुगेको छ। सोमबार गरेको एन्टिजेन परिक्षणमा थप ३८ जनालाई पोजिटिभ देखिएसंगै निस्दीमा संक्रमितको सङ्ख्या २ सय १९ जना पुगेको हो।

कोरोना संक्रमित हुनेमा सबैभन्दा बढी ज्यामिरेमा ६४ जना , मित्यालमा ५६ जना , अर्चलेमा ४८ जना र गल्धामा २३ जना रहेका छ्न । त्यसैगरी बाकामलाङमा २२ जना , सहलकोटमा ५ जना र झिरुबासमा १ जना रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कुल संक्रमित २ सय १९ जनामध्ये ८७ जना निको भैसकेको र सक्रिय संक्रमितको सङ्ख्या १ सय ३२ जना रहेको संयोजक दिशाले बताउनुभयो ।

संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा बसेका छ्न । निस्दीमा कोरोना संक्रमितको सङ्ख्या बढेसंगै पालिकाबाट अत्यन्तै जरुरी बाहेकका सबै सेवा बन्द रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पालिकाको केन्द्र मित्याल बजारमा कोरोनाको जोखिम बढेसंगै सिल गरेकोले सेवा दिन समस्या भएको अधिकृत अर्यालले बताउनुभयो । पछिल्लो समयमा निस्दीमा समुदाय स्तरमा कोरोना संक्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको देखिन्छ ।

याे पनि…………….

मित्यालको रुक्सेभञ्ज्याङ बजार शिल

गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)