
रामपुर, रामपुर नगरपालिका वडा न ४ मा रहेको लक्ष्मीनारायण पाटी पुनः र्निमाण हुने भएको छ । रामपुरको सानका रुपमा रहेको पुरानो पाटीका लागि पुन निर्माण गर्न बजेट बिनियोजन भएको छ ।
रामपुर क्षेत्रकै पर्यटकिय एवं पुरानो संस्कृती झल्काउने रामपुर ४ खोप्टार पाल्पामा अवस्थित सबैले पाटी भनेर चिनिने लक्ष्मीनारायण मन्दिरलाई पुनः पुरानै रुपमा र्फकाउने भएको छ । पुरानै शैलीमा मर्मत तथा पुनः निर्माण साथै संरक्षण गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व बिभागवाट बोल पत्र आह्वान भै भएको छ ।
धर्म एस निमार्ण कम्पनीले बहुवर्षिय योजना अन्तर्गत २ करोड ७१ लाख ४६ हजार ५ सय ५८ रूपैया रकममा सम्पन्न गर्ने गरि कामको जिम्मा लिएको निर्बतमान सांसद दलबहादुर रानाले जानकारी दिनु भएको छ । करिव २०० बर्ष पुरानो पाटीका रुपमा चिनिएको यस धर्मशालाको पुन निर्माण हुने भए सगै स्थानिय वासि पनि खुशि भएका छन् ।
यस पाटीमा पहिला गाडि नचल्दा चिन भारत उन र नुनको व्यापार गर्नका लागि काठमाडौँ , र्पवत कास्की स्याङ्जा तनहुँ का मानिसहरु केलादिको डुंगा तरेर आउने जाने बाटोको रुपमा चिनिएको यस गुठि रेग्मी परिवारका सदस्यले सामाजिक हितका लागि राखेको इतिहास पाईन्छ । धर्मशालाको बाहिर पट्टि गासिँएको बालापालि बटुबा बस्ने ठाउँ रहेको छ । सनत १८८९ सालको एक ताम्र पत्रमा उल्लेख भए अनुसार यस पाटी तुलसी राम रेग्मीले सामाजिक काम अन्तरगत यस बाटो भएर हिड्ने बटुवालाई बास वस्नका लागी बनाईएको धर्मशाला हो भने यहाँको बालापालीमा पानि राखिन्थ्यो र यहाँ हिड्ने बटुवालाई पानि खुवाउने गरिन्थ्यो ।
तत्कालीन अवस्थामा न कतै होटल थिए न कतै पसल यस्ता पाटी पौवा नै बाटो हिड्नेका लागि सुरक्षित बास स्थान हुन्थ्ये भने यस ठाउँमा बसे वापत र खाना खाए बापत कुनै शुल्क लाग्दैन थियो । यहाँ बस्ने बटुवाका लागि खाना खुबाउनका लागी कासँजरीमा खेत रहेको छ । लक्ष्मिनारायण गुठि संरक्षण समीतिका अध्यक्ष बुद्धि प्रकास रेग्मीका अनुसार यस गुठि लक्ष्मी नारायण मन्दिर रामघाटमा पनि रहेको छ । भगबान विष्णु र लक्ष्मीको नाममा राखिएको धर्मशाला लक्ष्मी नारायण गुठि संरक्षण र संर्वधन गर्नका लागि भन्दै यस लाई रेग्मी परिवारको स्वामीत्वबाट अहिले सामुदायिक गरिएको छ । यस धर्मशालाको दश रोपनी क्षेत्रफल रहेको १९०३ सालको ताम्र पत्र अनुसार ढुंगाको पर्खाल भित्र फुलबारी निर्माण जस्ता काम भएको जानकारी हुन्छ । अध्यक्ष रेग्मीका अनुसार यसलार्इ अव संग्रालयका रुपमा नगरपालिकाको संरक्षणमा राख्न समेत प्रस्ताव गरिएको वताउनु भएको छ । पुन निर्माणका लागि २०७२ सालको चैत्र १९ गते नगरपालिकाले सिफारिस दिए संगै पुनः निर्माण प्राधिकरणमा १९ गते निबेदन दिएको वताउनु भएको छ ।
२०७२ सालको भुकम्पले क्षति र्पुयाएको यस धर्मशाला पाटी पुनः निर्माणको अभियान सुरु भएको थियो यसको सपना हाल आएर पुरा हुने लक्ष्य तिर उन्मुख रहेको गुठिका अध्यक्ष रेग्मीले बताउनु भएको छ । उहाँले यस अवस्थामा बजेट आउने सम्म सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनु भएको छ ।