
निस्दी, निस्दी गाउँपालिका कोभिड १९ को महामारीबाट बाँच्नका लागि निस्दी गाउँपालिकाका स्वास्थ्य प्रमुख रेमबहादुर दिशाले हामीले १३ बेडको अक्सिजन सहितको बेड ब्यवस्थापन गरेको बताउनु भएको छ ।
वडामा कोभिड १९ संग मिल्दोजुल्दो लक्ष्यण देखिएमा प्रत्येक वडामा गएर एन्टीजेन तथा पिसिआर माध्यमबाट जाँच गरेका छौं । अधिकांश निको भएर घर फर्केका छन् । निस्दीगाउँ पालिकामा यति धेरै भयावह होला भनेर पनि सोचेका थिएनौं स्वास्थ्य प्रमुखले बताउनु भयो । हाल सम्म निस्दी गाउँपालिकाले खरिद गरेर २५५ जनाको एन्टिजेन परिक्षण गर्दा ८९ जनाको पोजेटिभ र ११४ जनाको पिसिआर परिक्षण गरेकोमा ७१ जना पोजेटिभ देखिएको बताउनु भयो ।
२७ जना निको भएर घर फर्किसकेको र ७३ जना अहिले पनि होम आइशोलेशन रहेको बताउनु भयो । बोली खबरले निस्दी गाउँपालिकामा कोभिड १९ को स्वास्थ्य प्रमुखसंग गरेको संक्षिप्त कुराकानी ।
हेर्नुहाेस् भिडियाेमा
भिडियाे/ग्राफिक्स्ः प्रेमकान्छा मगर
याे पनि……
निस्दीमा कोरोना संक्रमित २१९ पुग्यो
मित्यालको रुक्सेभञ्ज्याङ बजार शिल
गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)