कृषी औजार वितरण

बन्दना पाेखरेल   २८ जेष्ठ २०७८, शुक्रबार २०:४७

पाल्पा रामपुरनगरपालिका वडा न १० मा कृषकलाई आवश्य कृषी औजार वितरण गरिएको छ । समुदायको व्यवस्थापनमा सन्चालित भैसिंको श्रोत केन्द्र स्थापना कार्यक्रम अन्तरगत कृषी औजार वितरण गरीएको हो । लुम्बीनी प्रदेश भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले समपुरक वजेट अन्र्तगत कृषी सहकारीलाई सहयोग गरेको हो ।

आधारशिला महिला उद्ययमी सहकारि सस्थां रामपुर १०को २५ लाख र कृषी मन्त्रालयको २५ लाखको सहयोग गरि ५० लाख बराबरको कार्यक्रम सहकारी ले सन्चालन गरेको सहकारी सस्थांका अध्यक्ष सिता देवकोटाले जानकारि दिनु भएको छ । प्रदेश सरकारको समुदायको ब्यबस्थापन मा संचालित भैंसी को स्रोत केन्द्र स्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार बाट प्राप्त अनुदानमा १२वटा च्याप कटर,४वटा मिनि टिलर र १ वटा ग्रान्डर मेशिन वितरण भएको हो । त्यस्तै गरि २५ लाख वरावरको भकारो सुधार कार्यक्रममा ५० घर परिवार कृषक लाभान्बित भएको अध्यक्ष देवकोटाले जानकारि दिनु भएको हो ।

यस वर्ष कृषकलाई ३ लाख वरावरको वाजरा र टिओसेन्टी नामक बर्खे घासँको विउ वितरण गरीएको छ । समयको माग र ग्रामीण क्षेत्रका बासिन्दा हरूको आबश्यकता लाई मध्यनजर गर्दै कृषकलाई अनुदानबाट अत्यन्त आवश्य सामाग्री मात्र वितरण गरिएको छ । अहिले बैज्ञानिक आधुनिक कृषी प्रणालिमा जादाँ समयको बचत र कृषि प्रणालीलाई सहजताका साथ अगाडी बढाउन सहयोग भएको कृषकहरु खुशि हुदै वताउनु भएको छ ।

बिभिन्न किसिमका कृषि औजार तथा मेशिनहरु प्रयोगमा ल्याउन अति नै आवश्यक रहेको र यसले समय र लागत कम गर्ने भएकाले सहज हुने वडाध्यक्ष लिल बहादुर गाहाले बताउनु भएको छ । प्रमुख अतिथिको रुपमा बोल्दै गाहाले समानको सहि सदुपयोग गर्न समेत आग्रह गर्नु भएको छ । अहिले हरेक युवाको आकर्षणको केन्द्र बैदेशिक रोजगार भएका बेला ब्यबसायिक रूपमा सक्रिय बेरोजगार युवालाई अगाडी बढ्न हौसला दिदै पशु ब्यबसायी र कृषकहरु को माग बमोजिम सहयोग र्गन आवश्यक देखिन्छ । उत्पादित बस्तुको बजारीकरण सहयोगमा जोड दिदै जान सके आर्थिक सम्बृद्धिको ढोका खुल्ने देखिन्छ । कार्यक्रममा सस्थाका कार्य समिति सदस्यहरु, कर्मचारी , सल्लाहकार, समाजसेवी वडा सदस्य र शुभ चिन्तकहरुको उपस्थितिमा रहेकोथियो । कार्यक्रमको सन्चालन सचिव र्निमला भट्टराईले गर्नु भएको हो