स्कारपियोमा मोटरसाइकल ठाेक्किदा चालक घाइते

दानस मल्ल   २८ जेष्ठ २०७८, शुक्रबार २२:१०

पाल्पा, २८ जेठ । रामपुरमा आज बिहान ८:२५ बजे सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । रामपुर नगरपालिका ८ एक्लेटारमा रामटारबाट रामपुरतर्फ जाँदै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल घुम्ति सडकमा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको लु १ ७५२५ नम्बरको स्कारपियोमा ठोकिन जाँदा मोटरसाइकलमा सवार घाईते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीकाका अनुसार घाईते हुनेमा मोटरसाइकल चालक रामपुर नगरपालिका १० बस्ने २३ वर्षीय गोपाल श्रेष्ठ, मोटरसाइकल पछाडि बस्ने सोही ठाउँ बस्ने ३० वर्षीय भिम कुमारी श्रेष्ठ, सोही ठाउँ बस्ने भिम कुमारी श्रेष्ठको छोराहरु १३ वर्षीय विपिन श्रेष्ठ र ५ महिनाका विक्रम श्रेष्ठ रहेका छन् ।

भीमकुमारी श्रेष्ठको रामपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएको प्रहरीले बताएको छ । प्रहरीले स्कारपियो र स्कारपियो चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।