निस्दीमा २१ हजार सुन्तलाका विरुवा रोपीदै

बन्दना पोखरेल   ३१ जेष्ठ २०७८, सोमबार ०८:१५

निस्दी,  निस्दी गाउँपालिकाले सुन्तलाको विरुवा नर्सरी अवलोकन गरेको छ । पालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत वडा न ५ लाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ ।

उत्तर र्फकेको डाँडामा प्राय सुन्तला हुने भएकाले निस्दी गाउँपालिकाले सुन्तला लगाउन विरुवा खरिदका लागि नर्सरी अवलोकन गर्न गएको निस्दी गाउँपालिका कृषी शाखाका प्रमुख खिमराज कोईरालाले जानकारि दिनु भएको छ ।

सुन्तला विरुवा रोपनका लागि कृषि ज्ञान केन्द्र पाल्पाले सहयोग गरेको छ । कृषी ज्ञानकेन्द्र पाल्पाको आ व ०७७।०७८ को बार्षिक स्वीकृत सुन्तला ब्लक विकास कार्यक्रम अन्तरगत मित्याल सामुदायिक बिकास कृर्षि बहुउद्देश्यीय सहकारी सस्थां संग सहकार्य गरेको हो । अव असारको महिना उचित व्यवस्थापन सहित विरुवा लगाउनका लागि आवश्यक बिरुवा अर्डर गर्न तथा नर्सरी अवलोकनमा गएको सहकारिले २१ हजार विरुवा अडर गरेको सहकारिका व्यवस्थापक हेम बहादुर खाम्चाले जानकारी गराउनु भएको छ । निस्दी ४ मित्यालको विभीन्न ठाउँ,र्भोमा , खोपलाक , काफल , आमडाँडा , छापडाँडा , द्धर्घा , घ्याङ्सिवास त्यस्तै गरि निस्दी ५ गल्धाको बहपुर, बेलौजी , गावुडाडाँ, धनुवास, घाचुर ,थामपोखरा , बाङलाङ्ग राईकोटमा लगाएतको क्षेत्रमा कार्यक्रम लागु हुन लागेको हो ।

यस अघि यहाँका सुन्तला देशको बिभिन्न भागमा समेत पुगेको थियो । यस वर्ष मूल्य बरावरको सुन्तला विक्री गरिएको छ । अवलोकनका लागी पाल्पकौ रैनादेवी छहरा ४ अमलाबास (कोइराला मिश्रित फलफूल नर्सरी) मा गएको जानकारी कृषी शाखाका प्रमुख कोईरालाले जानकारी दिनु भएको छ । अवलोकन भ्रमणमा निस्दीका र कृषी ज्ञानकेन्द्र पाल्पाका कार्यलय प्रमुख शिव अर्याल लगाएतको समुह गएको थियो । यस नयाँ सुन्तला व्लक विकास कार्यक्रमका लागि पाल्पा कृषी ज्ञान केन्द्रले २३ लाख अनुदान दिएको छ भने सहकारीको २३ लाख गरि यस सुन्तला व्लक कार्यक्रमका लागि ४६ लाख वरावरको वजेट रहेको सहकारीका व्यवस्थापक खाम्चाले जानकारी गराउनु भएको छ ।