पाल्पामा निषेधाज्ञा थप असार १२ गतेसम्म लम्बियो

बाेली खबर   ३१ जेष्ठ २०७८, सोमबार १०:०८

पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो ।
गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो ।

जारी निषेधाज्ञा आज राती १२ बजेसम्मको लागि थियो त्यसमा थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको उहाँले बताउनुभयो । असार १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने निषेधामा केही खुकुलो बनाउने निणर्य भएको छ ।