रामपुर अस्पतालका लागि १ करोड ५५ लाख बिनियोजन

बन्दना पोखरेल   ३१ जेष्ठ २०७८, सोमबार १५:२०

रामपुर, पाल्पाको रामपुर अस्पतालका लागि रकम निकासा भएको छ । रामपुर अस्पताललाइ अक्सिजन प्लान्ट र एचडियु निर्माणको लागि बजेट माग भए अनुसार रामपुर अस्पताललाइ बजेट बिनियोजन भएको हो ।

अक्सिजन प्लान्ट निर्माणका लागि रु ७५ लाख र एचडियु निर्माणका लागि ८० लाख गरि जम्मा १ करोड ५५ लाख बजेट बिनियोजन भएको निबर्तमान साम्सद दलबहादुर रानाले जानकारी दिनु भएको छ । रानाका अनुसार बजेट निकासा स्वास्थ तथा जनसंख्या मन्त्रालय (निति तथा योजना शाखा)को सिफारिसमा अर्थ मन्त्रालय बाट बिनियोजन गरिएको हो ।

यस भन्दा अघि जिल्ला अस्पताल पाल्पा का लागि अक्सिजन प्लान्टको लागि बजेट परेको थियो । पाल्पाको पुर्बि भेग स्याङ्जाको पुर्बि तनहुको पश्चिम र नवलपरासीको पुर्बी संगम मा रहेको यस अस्पताल लाइ बजेट परे सङ्गै ४ जिल्ला का जनतामा खुशि छायको छ । पाल्पाको पुर्बमा रहेको अस्पताल अहिले प्रदेश सरकारको स्वामित्वमा रहेको छ ।