पाल्पा, ३१ जेठ । पाल्पा, रामपुर नगरपालिकामा ६५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामपुर नगरपालिका १ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ल रहेको प्रहरीले बताएको छ ।
मल्लले २८ गते (शुक्रबार) साँझ ७ बजे ६५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताउनुभयो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।