
रामपुर, खोप वितरणमा अनियमितता भएको भन्दै नेकपा एमाले रामपुर नगर कमिटीले ध्यानाकर्षण गरेको छ ।
नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप नेपाली जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नका लागि रामपुर नगरपालिकामा लगाइएको खोपको वितरणमा अनियमितता भएको भन्दै ध्यानकर्षण गराएको हो ।
रामपुर नगरपालिककाले मिति २०७८ जेठ २५ र २६ गते वडागत रुपमा र छुटेका ६२ बर्ष देखि ६४ उमेर समूहका नागरिकलाई रामपुर अस्पतालमा जेठ २७ गते खोप लगाइएको थियो । २०७८ जेठ २८ गते विना सुचना जनप्रतिनिधी, स्वास्थ्यकर्मीले राजनीतिक एवं पहुँचको आधारमा आफना मानिसलाई बोलाएर सरकारले तोकेको मापदण्ड विपरित लक्षित समूह बाहिरका ब्यक्तिहरुलाई खोप लगाइएको भन्दै विरोध जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर नगर कमिटी संयोजक विष्णु प्रसाद रेग्मीद्धारा हस्ताक्षर विज्ञप्तीमा अनिमियता भएको खोपको सत्य, तथ्य रुपमा खोप वितरण गरिएको ब्यक्तिहरुको ब्यक्तिगत विवरण, उमेर, ठेगाना सहित सार्वजानिक गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।
खोप वितरणमा भएको अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पाटीं (एमाले) रामपुर नगर कमिटीको गम्भिर ध्यानाकषर्ण भएको र सम्बन्धित निकायले छानविन गरी अबिलम्ब कारबाहीको समेत माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।