
रामपुर, रामपुर नगरपालिकाले कोरोना विरुद्धको खोप अनियमितताका विषयमा आफ्नो धारणा पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेको छ ।
सरकारले निशुल्क उपलब्ध गराएको खोप जेठ २५ र २६ गते नगरका वडागत रुपमा र छुटेका ६२ देखि ६४ उमेर समूहका नागरिकलाई रामपुर अस्पतालमा खोप लगाइएको थियो ।
खोपमा चरम लापर्बाही भएको जनगुनासोका आधारमा आज पत्रकार सम्मेलन गरि खोप सेवा बारे जानकारी गराइएको छ ।
सम्मेलनमा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले दिर्घरोगीहरुलाई खोप लगाएको बताउनुभएको छ । उहाँले नेपाल प्रहरी, कालीगण्डकी करिडोरका प्राविधिक समेतलाई खोप लगाइएको बताउनुभयो । नगरप्रमुख थापाले ५ सय ५२ डोज खोप आएको बताउनु भयो । नगर प्रमुख थापाले जिल्ला स्वास्थ्य कार्यालयमा सल्लाह गर्दा दिर्घरोगी तथा दिर्घ रोगीहरुलाई खोप लगाउन अनुमति पाएको जानकारी दिनुभयो ।
सम्मेलनमा वडानम्बर १, २, ३ र ४ मा २५ गते वडा नम्बर ५, ६, ७, ८, ९ र १० मा २६ गते तथा खोप लगाउन छुटेका नागरिकलाई रामपुर अस्पतालमा २७ गते गरि ४ सय ६७ खोप लगाइएको र बाँकी ८५ खोप दिर्घरोगीलाई लगाइएको बताएकाे छ ।
आज रामपुर नगरपालिकामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले खोपमा भएको अनियमिताबारे छानविन गरेर गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो ।
यसअघि नेकपा एमाले नगर कमिटी संयोजक विष्णुप्रसाद रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तीमा खोप वितरणमा व्यापक अनियमिता भएको प्रति गम्भिर ध्यानाकर्षण भएकोले खोप लगाउने व्यक्तिको उमेर, ठेगाना सहितको विवरण सार्वजनिक गर्न र खोप अनियमिता सन्दर्भमा सम्बन्धित निकायले छानविन गरि अविलम्ब कारबाही गर्न माग गरेको थियो ।