लगातारकाे वर्षातका कारण रामपुरकाे बिभिन्न ठाउँमा क्षति

बन्दना पाेखरेल   २ असार २०७८, बुधबार १७:४२


पाल्पा
सोमबार साँझदेखी परीरहेको अविरल वर्षाका कारण पाल्पाको रामपुर नगरपालिकामा पहिरोको कारण १ घर क्षतिग्रस्त भएको छ। रामपुर नगरपालिका वडा नं. ७ कटहरबारी मलाङ्ग(गैरा) करीब ३ किलो मिटर माथिदेखी आएको भलसहितको पहिरोको कारण १ घरक्षति भएको छ भने ५ घर उच्च जोखिममा रहेका छन ।
बाहुनडाडा माथि गोलकाटे खोल्सोबाट करिव ३ किलो मिटर पहीरो र्झदा चौपाय र मानविय क्षति नभए पनि चौपाय बाध्ने गोठ मानीस वस्ने घर सवै जोखिममा रहेको स्थानिय भट्टराई बताउछन् ।

बुधवार दिउसो कारीब १ः३० बजेतिर खसेको पहिरोले एक घर पुर्ण क्षति भएको हो र वरीपरिका ५ घरहरु उच्च जोखिममा रहेका स्थानीय अजय भट्टराईले जानकारि दिएका छन ।

वर्षातको समयमा अघिल्लो वर्षपनी पहिरो खसेको र अहिले पनि तीन दिन देखिको वर्षाको कारण पहिरो खसेर क्षती हुन सक्ने भएकाले समयमै पशुचौपाया र अन्य सामानहरु सुरक्षित स्थानमा सारीसकेको हुँदा अन्य क्षती नभएको भट्टराईले बताए। उक्त स्थानमा हाल भल सहितको पहिरो नरोकिएको बताउदै थप क्षती हुन सक्ने उनले भने। गत वर्ष पनि उक्त स्थानमा पहिरो गएसंगै स्थानिय १ घर विस्थापीत भएका थिए भने आज अन्य घरका सवै अन्यन्त्र सरेका छन् ।
यस्तै गरि अविरल बर्षाका कारण रा.न.पा ६ तिलकपुरमा पनि भुन परेको छ भुनका कारण ३ घर जाेखिममा रहेको छ भने एक विहानै विस्तापीत भएका छन् उनिहरु हाल छिमेकीको मा आश्रय लिएर वसेको स्थानिय गणेश कुमालले जानकारि दिएका छन् । पिमलाल कुमाल र घनस्याम कुमालको घरको आगन र मोटर बाटोको ढल छोएर करिब ३० मिटर भुन परेको छ । असार १ गते गएको भुनले पिमलाल कुमालको ७ जनाको परिवार भाईको घरमा आश्रय लिई रहेका छन भने अर्का घनस्याम कुमालको ८ जनाको परिवार उच्च जोखिमका साथ आफनै घरमा रात कटाएको हामिलाई बताए ।