
काम कहिले ठूलो सानो हुदैन बस दिगोपन दिनु आवश्यक छ, पुर्ण वहादुर पचभैयाको निरन्तरताले आज उनलाई एक सफल र मेहनेती कृषक साबित गराएको छ । निस्दी गाउँपालिका वडा न ५ ढुंगानाबेशिमा विगत १० बर्ष देखि निरन्तर च्याउ खेति गर्दै आईरहेका छन् ।

३८ बर्षका र्पुणबहादुर कुनै बेला बैदेशिक रोजगारीमा आफ्नो देश छोडर सात समुन्द्र पारि गएका थिए । उनका पनि अन्य युवाको जस्तै बैदेशिक रोजगारमा ठूलो सपना थियो कमाउने रमाउने र आफ्नो परिवारलाई पालन पोषण गर्ने तर समयले उनलाई त्यहाँ राम्रो हुन सकेन उनी करिव २५ महिना वहराईमा विताए उनले त्यहाँ कार्पेन्टरको काम गरे । उनि त्यहाँ वस्दा आफ्नो गाउँको जंगल खेत बारी सस्कार सस्कृति सम्झीरहे र उनले अठोट गरे कि म गाउँमै जान्छु र त्यहि काम गर्छु । पुर्ण बहादुरलाई वैदेशिक रोजगार दिगोपन होईन भन्ने लाग्यो उनि भन्छन् म कति बस्नु विदेश अनी गाउँ गइसके पछि पनि काम गर्न पर्छ जो अनि काममा दिगोपनका लागि आफ्नै गाउँमा गर्ने सोच बनाए र करिव २५ महिनाको बसाई पछि आफ्नै गाउँ र्फकी आए ।

गाउँ र्फकिए पछि उनले च्याउ खेति सुरु गरे सानो क्षेत्रबाट सुरु गरेको च्याउखेति , उनले १० बर्ष अघि आफ्नै गाउँ निस्दी ५ विरुवामा च्याउ उत्पादन सुरु गरे । उनले आफ्नो परिवारको सहयोगमा काम गर्न सुरु गरे । करिव २ बर्ष अघि आएको बर्षातको पनिले उनको च्याउ को टनेल सवै बगाई दियो तर पनि उनि हिम्मत हारेनन पुन निस्दीको ढुंगानाबेशिमा काम सुरु गरे हाल उनको र्फममा ७ वटा टनेल छ ।

च्याउ अहिले उनको र्फममा बाह्रै महिना उत्पादन हुन्छ । सुरु सुरुमा उनले आफ्नो च्याउ विक्रीका लागि मोटरसाईकलमा च्याउ राखेर गाउँ गाउँ च्याउ आयो च्याउ आयो भन्दै बेच्ने गर्थे । हाल उनले २ जना काम गर्नका लागि कामदार राखेका छन् । उनको परिवारमा उनलाई उनको आमा बाबाले सघाउनु हुन्छ । उनको एक छोरि छन उनको श्रीमति भने उनको काममा सहयोग गर्न दुख मानेर उनलाई छोडेको बताउछन् । उनको बारिमा अहिले च्याउ सगै हुर्कदै गरेको काक्रा , खुुर्सानी, भान्टा जस्ता तरकारि पनि छन् । र्पुणबहादुरले गत वर्ष करिव १०० क्युन्टल च्याउ बेचे यस वर्ष उनले करिव २सय ५० क्युन्टल बेच्ने लक्ष्य रहेको वताउँछन् । च्याउका लागि उनको वजार रामपुर मिल्याल ढुंगानाबेशि बेलडाडा नै हुन् । च्याउ बाट आफू सन्तुष्ट रहेको बताउछन् । उनी भन्छन् बैदेशिक रोजगार तत्कालका लागि भए पनि दिर्घकालिन नहुने भएकाले सवै युवाहरु आफ्नै ठाउँमा सम्भाबना खोज्नु पर्छ । सम्भाबना धेरै छन् तर हामी कामलाई ठूलो र सानो भन्छौ त्यसैले हामी समृद्ध वन्न सकेका छैनौ ।
हाल निस्दी गाउँपालिकाले पनि कृषीलाई प्रवर्धन गर्नका लागि विभिन्न उपाए अपनाई रहेको छ । आफ्नो गाउँपालिकालाई कृषी पशु र पर्यटनमा राम्रो बनाउनका लागि कृषी शाखाले कृषक हरुलाई अनुदान सहयोग गर्दै आएको छ । जस अन्तरगत र्पुण बहादुर लाई पनी विभिन्न शिर्षकमा अनुदान सहयोग प्राप्त भएको छ । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पकेट कार्यक्रम अन्तरगत निस्दी अर्गानिक च्याउ पकेट सन्चालक समिति मार्फत काम भएको छ । च्याउ पकेट कार्यक्रम गत आर्थीक बर्ष २०७६।०७७ बाट सुरु भएको हो । यस वर्ष गाउँपालिकाको सहयोग र पकेट समितिको लगानिमा २४ लाखको काम भैरहेको सन्चालक समितिका अध्यक्ष शेर बहादुर सोतिले जानकारि दिनु भएको छ । अहिले गाउँपालिका भरिमा ३७ जना कृषकको ३७ डुम तयार भैसकेको छ ।