फोक्सिङ्गकोटमा बाख्रा पालन तालिम सम्पन्न

बाेली खबर   ४ असार २०७८, शुक्रबार २१:१९

रम्भा, रम्भा गाउँपालिका फोक्सिङ्गकोटमा बाख्रा पालन तालिम सम्पन्न रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा दुईदिने बाख्रा पालन तालिम सम्पन्न भएको छ ।

फोक्सिङ्गकोटका बाख्रा पालक किसानलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हो । तालिममा उपयुक्त जातको बाख्रा छनोट, उपयुक्त माउको छनोट, खोर व्यवस्थापन, दानापानी व्यवस्थापन, रोग र रोकथाम, बजारीकरण लगायतका विषयमा सिकाइएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र रम्भा गाउ‘पालिकाको आयोजनामा तालिम संचालन भएको हो । तालिममा रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटका नायब पशु सेवा प्राविधिक सुनिलकुमार सारु तथा उद्यम विकास सहजकर्ता उषा गिरीले सहजिकरण गर्नु भएको छ ।