कालिका परियार समाजले कोभिड प्रभावित बिरामी लाई रकम उपलब्ध

सन्जु परियार   ५ असार २०७८, शनिबार १९:३४

रामपुर, पाल्पाको रामपुर नगरपालिका वडा न ४ मा श्री कालिका परियार समाज ले कोभिड १९ बाट प्रभावित बिरामी लाई केही रकम उपलब्ध गराएको छ |

बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव बाट प्रभावित बिपन्न दलित समुदायका बिरामीलाई राहत स्वरुप केही रकम बाडिएको हो , दैनिक रूपमा ज्याला मजदुरि गरि घरको आर्थिक स्थिति टार्दै आएका परिवार कै अग्रज बिरामी परि थलिदा औषधि गर्ने अनि बिरामीलाई पोशिलो खानेकुरा खुवाउन सक्ने अवस्था नरहेपछी श्री कालिका परियार समाजले एक जना बिरामी को परिवार लाई ३ हजार रुपैयाँ को दरले सहयोग गरेको हो |

एक बर्ष अघि मात्रै स्थापना भएको कालिका परियार समाज ले आफ्नो जाती समुदाय मा भएका बिपन्नता लाई जोड दिदै मासिक रुपमा २०० रुपैयाँ सन्कलन गरि कम ब्याजदर मा सोही रकम लगानी पनि गर्दै आएको छ , समुदाय को बिपन्नता अनि आफ्नो जातिको एकताको आवस्यकता लाई महसुस गरि सो समूह गठन गरिएको कालिका परियार समाज का अध्यक्ष तुल्सिराम परियार ले बताउनु भयो , करिब ५० जना सदस्य रहेको श्री कालिका परियार समाज ले गत बर्ष पनि कोभिड को पहिलो चरणको प्रभावमा सम्पुर्ण सदस्य को घर घरमा गइ हात धुने साबुन , सेनिटाइजर र मास्क बितरण गरेको थियो |