घोराही उपमहानगरपालिका १४मा लकडाउन प्रभावित बिपन्न दलित परिवारलार्इ सहयोग

  ५ असार २०७८, शनिबार १९:४२

दाङ , दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा न १४ खोली गाउँका लकडाउन प्रभावित बिपन्न दलित परिवारले खाद्यान्न सहयोग पाएको छ |

बिस्वब्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव बाट दैनिक साँझ बिहान हातमुख जोड्न पनि गाह्रो भैरहेको र काम गर्न जान लकडाउनले बाहिर निस्कन नसक्ने अवस्थामा भोकै बस्नु परिरहेको बिपन्न दलित परिवारलाई नेपाल दलित मुक्ति अभियानकि केन्द्रिय उपाध्यक्ष तथा सामना खबर कि अध्यक्ष कमला परियार प्रेरणा ,नेपाल दलित मुक्ति अभियान सचिवालय सदस्य तथा सामना खबर टिम का ब्यबस्थापक हरि गोतामे हिटलर को सयुक्त प्रयासमा खाद्यान्न सहयोग गरिएको हो |

कोभिड १९ को दोस्रो लहरको असरसंगै भएका लकडाउन दैनिक रूपमा ज्याला मजदुरी गरेर खानेहरुका लागि दशा नै साबित भएको छ |”काम गर्न जाउ त बाहिर लकडाउनले बन्द छ घरमै बसेर परिवारलाई भोकभोकै मर्न दिन सकिदैन ” पिडित शुसिला बिक र खड्ग बहादुर बि क भन्छन् , प्रबासमा रहेर पनि आफ्ना समुदायका पिडित हरुको दुख लाई बुझेर सहयोग गर्नुभएको नेपाल दलित मुक्ति अभियान का अभियन्ता को यो कार्यमा पीडित परिवार समक्ष नै पुगेर राहत स्वरुप खाद्यान्न हस्तान्तरण गरि सहकार्य दलित मुक्ति अभियान सचिवालय सदस्य निर्मला बिक ले गर्नुभएको थियो ,|