किशोरीले विद्यालयमा भोग्ने दुव्र्यवहार र यसको कमजोर सुनुवाई प्रणालि

बन्दना पाेखरेल   ५ असार २०७८, शनिबार २०:४०

पाल्पा किशोरअवस्था एउटा यस्तो अवस्था हो जहाँ सवै कुरा परिर्वतन शिल देखिन्छ । किशोर अवस्थामा शारीरीक मानसिक साथै मनोबैज्ञानिक परिवर्तनहरु देखिन्छ । यति बेला बालबालिका हरु आमा बाबाको काख भन्दा बाहिर हुन रुचाउछन् । उनिहरुमा संवेगात्मक परिर्वतन हुने र्गछ । बालापनको अन्य हुदै नयाँ परिवेशमा परिर्वतन हुने अवस्थाहो ।

आमा बाबा सगँ खेल्न मनपराउने केटाकेटिहरु साथीहरु सगँ खुम्न नयाँ नयाँ साथी बनाउने साथै विपरित लिंङ्गीय आकर्षण बढ्ने बेला हो । यो उमेर समुह १० वर्ष देखि १९ बर्ष सम्मलाई वुझिन्छ । यस अवस्थामा केटाकेटिमा धेरै परिर्वतन आउने गर्छ। यो समुहका केटाकेटिहरु आफैलाई देखेर छक्क पर्छन् । गुणस्तरीय आधारभूत शिक्षा र किशोरकिशोरीका लागि जीवनोपयोगी सीपमा सुधार ल्याउनका लागि सम्पूर्ण बालबालिकाले पुर्व–प्राथमिक तथा आधारभूत शिक्षा लिने मन्दिरमा लैगिंकरुपमा छात्राहरु प्रति हुने र्दुव्यवहारलाई न्युनिकरण गर्न आवश्यक रहेको छ । शिक्षा एक आधारभूत मौलिक अधिकार हो। प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार सुनिश्चित गर्न युनिसेफ प्रतिबद्ध छ । विगतका २० वर्ष देखि शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ। प्राथमिक विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना दर बढेर ९७ प्रतिशत पुगेको छ। यद्यपी यस क्षेत्रमा नेपालले निकै चुनौतीहरूको सामना गर्न बाकी छ।

शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लिंग, र आर्थिक–सामाजिक तथा जातीय भिन्नताहरु आदि समस्याहरू शिक्षामा व्याप्त छन्। गरिबी, सामाजिक बहिष्करण, अपांगता, बसाईसराई, बाल श्रम, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सक्दैनन्। शिक्षा क्षेत्रमा असमानता व्याप्त छ, सम्पन्न समुहको ६५% को तुलनामा विपन्न समुहका १२% बालबालिका मात्र साक्षरता र संख्याको आधारमा शिक्षामा आबद्ध छन् । निकै कम विद्यालयहरू मात्र बालमैत्री छन्। यस सगँै हुर्कदै गरेका छात्राहरुका लागि आवश्यक सुविधा छैन ।

किशोरीहरुमा निकेै परिर्वतन हुने यस अवस्थामा अध्ययनमा धेरै असर पार्ने र्गछ । किशोर अवस्था आफैमा संवेदनशिल अवस्था हो । किशोरिहरुमा शारिरिक परिर्वतन मानसिक संबेगात्मक परिर्वतन हुने गर्दछ । किशोरिहरुमा पहिलो पहिलो महिनाबारि सुरु हुने गर्दछ । उनिहरुमा एक प्रकारको फरक पन महसुस हुने गर्दछ यसै अवस्था विद्यालय शिक्षा हुने भएकाले यसको फाईदा उनिहरुले थाहा पाउने गरि या नपाउने गरि उठाएको पाईन्छ । जो उनिहरु कसैलाई भन्न सक्दैनन ।

किशोरीहरु विद्यालयमा भएका दुव्यावहार उजुरी गर्न डराउछन् । कोहि हिम्मत गरेर उजुरि गरिहाले पनि दवाउन उत्दत हुन्छ विद्यालय प्रशासन । प्रयाप्त पानि सहितको सफा शौचालय हुनु पर्ने प्रावधान रहेको छ । त्यसमा पनि कक्षा ६ देखिका छात्राहरुका लागि महिनाबारि भएकाबेला सेनिटरि प्याड र परिर्वतन कक्षाको व्यवस्था गर्नू पर्ने विद्यालयकोे मापदण्डमा लेखिएको छ । तर यो व्यवस्था विद्यालयहरुमा भने भएको पाईन्दैन । लेखाई र गराई सवै र्पुब पश्चिम छन् । विद्यार्थिहरु महिनाको ४ दिन विद्यालयमा वस्न निकै डर हुने गरेको बताउछन् । अहिले पनि स्कुल पुगेपछि महिनाबारि हुने र प्याड नहुने अनि स्कुल छोडेर घर जानु पर्ने बाध्यता रहेको छ । प्याडका लागि विद्यालयनै छोड्नु परेको रिता कुमारि बताउछीन ।

त्यस्तै अर्र्की एक छात्रा शिक्षकले उति बेला मुसमुसायको ढाडमा सुम्सुमाउने कोहि नभएको बेला पारेर देखाईएका माया लाग्छ बुझ्ने भएपछि यो र्दुव्यवाहर थियो जस्तो उनि हरु नाम नबताउने र्सतमा यो सव बोलेका छन् । शहरका विद्यालय हुन या दुर दराज गाउँका होस पव्लिसीटिका लागि यो छ त्यो छ भन्ने तर विद्यालय भित्र त्यस्ता सुविधा र सुरक्षा अझै पनि छनै । देश भर सामुदायीक र सस्थागत गरेर ३४हजार ९२० आधारभुत र ९ हजार ३७९ माध्यमीक विद्यालय रहेका छन् । अधिकांस विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री नहुदा किशोरि हरु समस्यामा पर्ने नै छन। खेल मैदान र्बादली सिढि चर्पी कोठा साघुँरो हुदाँ कीशोरि हरु दुवर््यवहारमा परेका हुन्छन् । यस्ता विषयलाई शिक्षकले हलुका ढंगले लिदाँ किशोरि हरु झन् र्मकामा परेका छन् ।

विद्यार्थी माथि विद्यालयमा हुने र हुन सक्ने र्दुव्यवाहर रोक्न बनेको गुनासो सुनुवाई कार्यविधि ठिक ढंगले लागु नहुदाँ किशोरि हरु र्दुव्यवाहर बाट आफै जोगिदै र सहदै पढाई चालु गर्न बाध्य छन् । विद्यालयमा शिक्षकले शोैचालय जादा बाटोमा कक्षा कोठा भित्र मायाँ गरेका निउमा विभिन्न ठाउँंमा सुम्सुमाउने मायाँ गरेको निउमा गाला हरु चिमोट्ने गरेका पाईन्छ । शिक्षकले देखाउदा फरक किसिमले देखाउने तर किशोरिहरुलाई त्यसले असहज महसुस गराई रहेको हुन्छ । किशोरि हरु यस्ता असहज खालको व्यावहार भन्न सक्दैनन र भनिहाले भने उसै माथि गालि गर्ने नपत्याउने वा धम्काउने फेल गराईदिन्छु भन्ने यदि घरमा भन्यो भने तिमि पनि गल्ति गर्याै होला भन्ने र हुन देउ भुल यी सव हाम्रो नै बेईजेत हुन्छ अरुले के सोच्लान भन्ने र किशोरिहरुलाई चारै तिर वाट घेर्ने गरेका थुप्रै उदाहरण हरु छन् जसले गर्दा कति पय बालबालिका सानो मा राम्रो पढ्ने छात्रा पछि विस्तारै कमजोर भएका छन् । अधिकांस विद्यायल गुनासो पेटिका नभएको पाईन्छ यदि भएका ठाउँमा पनि सुनुवाई कम भएको पाईन्छ । गुनासो सुनुवाई समीति नभएको पाईन्छ ।

अर्काे विद्यालयमा काउन्सिलीङ् गर्ने शिक्षक भएको पाईदैन विद्यालयमा शिक्षक मार्फत मात्र होईन आफ्नै केटा साथी हरुले पनी यस्ता खालका व्यावहार देखाउने गछन् । यस्ता व्यवहारले विद्यार्थीका लागि मानसिक समस्या ल्याउने गरेको किशोरिहरु वताउछन् । विद्यालयमा किशोर किशोरि शिक्षा राख्नु पर्ने देखिन्छ मनोपरार्मश दाता राख्ने गर्नू पर्दछ । जसले गर्दा किशोरीहरुलाई आफ्नो कुरा भन्न सहज हुन्छ त्यसैले विद्यालयमा लैङ्गिक स्रोत व्याक्ति राख्ने प्रावधान छ तर त्यसको कार्यन्वयन भएको पाईदैन । लौगींक मैत्री विद्यालय निर्माणका लागि र छात्राहरुले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण निर्माणमा सवैले सहयोग गर्नु पर्ने देखिन्छ । उनिहरुको गुनासो सुन्ने र पिडितले न्यायको अनुभुति गर्न पाउने गरि नजादा सम्म यस्ता घटना कम हुदैनन । त्यसैले विद्यालय प्रसासन, अभिभाबकले पनि आफ्ना बालबच्चाका कुरा सुनिदिने र त्यसका बारेमा कुरा उठाउनु आवश्यक रहेको छ ।