
पर्पल फाउन्डेसन नेपालले हाल देश भरि आएको विपत्ति र उद्धार र राहात वितरण कार्यको सन्दर्भमा नेपाल सरकार लगायत सम्वन्धि सवैमा ध्यानकर्षण गराएको छ । लैगींक उत्तरदायि विपद् व्यवस्थापनका निम्ति सरोकारबालालाई ध्यानकर्षण गराएको छ । पर्पल फाउण्डेशन नेपालले कोरोनाको दोस्रो लहर सगँै केहि दिन यता सुरु भएको अविरल बर्षाका कारण नेपालको सिन्धुपाल्चोका , मनाङ लगाएत अन्य जिल्लामा आईपरेको प्राकृतिक विपत्त र अझै बढ्न सक्ने सम्भावना भएका बेलाले यस्तो अवस्थामा महिला बालबालिका र बृद्धहरुलाई सवै भन्दा बढि असर गर्ने भन्दै सम्वन्धित सवैमा ध्यानकार्षण गराएको छ ।
ध्यानकार्षण पत्रमा राहत वितरण प्रणालिलाई स्थानिय निकाय द्धारा एकद्धार प्रणालि अन्तरगत लागु गरि प्रकोप बाट प्रभावित सवै भन्दा सिमान्तकृत वर्गलाई पहिलो प्राथमिकतामा राखियोस् ।राहत वितरण कार्यलाई परम्परागत दाल चामल चिउरा चाउचाउमा सिमित नगराईयोस परम्परागत धारणालाई चिर्दै प्रकोपबाट सवै भन्दा बढि प्रभावित महिला, बालबालिका,अपाङ्गता भएका व्याक्ति, सुत्केरि महिला र वृद्धबृद्धा लाई पहिलो प्राथमिकतामा राखि तिनका विशिष्ट आवश्यकतालाई मध्यनजर गरि आवश्यक सामाग्री समाबेश गरियोस भन्ने जस्ता ४ वटा राहत वितरण गर्दा ध्यान दिन अनुरोध गरेको छ ।
त्यस्तै गरी विपत्त व्यवस्थापन गर्दा महिला, बालबालिका,अपाङ्गता भएका व्याक्ति, सुत्केरि महिला र वृद्धबृद्धाहरुको विशीष्ट आवश्यकतालाई ध्यानमा राखि अस्थाई बासस्थान निर्माण गरियोस, नियमीत खाने औषधि र पोषण युक्त खानाका लागि व्यवस्थागरियोस साथै अस्थायि वस्तीहरुमा स्वास्थ्यकर्मीको व्यवस्था, मनोसामाजिक परार्मश , संभावित लैगीकं हिंसाका बारेमा सचेत वनाउदै, हिंसा हुन नदिन र्पुव तयारि गरियोस, घटनाको तत्काल सम्बोधन हुने गरि संयन्त्र तयार गरियोस भन्ने जस्ता चार बुदाँ ध्यानकर्षण पत्रमा उल्लेख गरेको छ ।
त्यस्ता ठाउँहरुमा मानबबेचबिखन हुन सक्ने खतरा बढिहुने भएकाले विपतपर्यटन बाट सावधान राख्न राहत वितरण एक द्धार प्रणालिबाट गर्न र समुदायमा निगरानि प्रणालि लागु गरियोस भन्ने जस्ता उपाएहरु समेटिएको छ ।
प्रर्पल फाउण्डेशन नेपालका डाईरेक्टर र्सिजना काफ्लेले जानकारि दिनु भएको छ । उहाँका अनुसार विपत्तले महिला तथा बालबालिका ,बृद्ध र अपाङ्गता भएकालाई बढि प्रभाबित गर्ने भएकाले सावधानि अपनाएर अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गरेको बताउनु भएको छ । हाल प्रपल फाउण्डेशनले यस्तो बिपत्तको क्षेत्रमा गहि प्रपल झोला वितरण गर्दै आएको र गरिरहने जानकारि गराउनु भएको छ । यसको पुर्ण विवरण तल ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ

।